कुवेतमा नेपाली युवतीले गरिन तनहुँका खेम विकको हत्या

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १४:११ मा प्रकाशित

काठमाण्डु, १९ बैशाख – कुवेतमा एक नेपाली युवतीले नेपाली युवकको हत्या गरेकी छिन् ।

नेपाली युवती माया गुरुङले एउटै कोठामा ‘लिभिङ टुगेदार’को रुपमा बस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् । माया र खेम चार बिगत वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएका थिए ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ । विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ । घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा बस्दै आएका थिए । माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन् । उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग बस्दै आएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us