एनआरएन यूएईका अध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १४:२९ मा प्रकाशित

दुबई, १४ वैशाख – गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ परेका छन् ।

शुक्रबार दुबईमा भइरहेको धुर्मुस–सुन्तली साँझमा सहभागी भएका उनलाई कार्यक्रमबाटै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन । तर, लेनदेन विवादमा उनी पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us