प्रवास

अमेरिकामा भिसा किर्ते गर्ने नेपाली पक्राउ

२०७५ चैत २८ गते १५:१८

अमेरिका, २८ चैत – किर्ते कागजातका आधारमा अमेरिकी भिसा दिलाएको अभियोगमा अमेरिकामा एक नेपाली पक्राउ परेका छन् । ४२ वर्षका सन्तोष गिरीलाई अमेरिकी प्रहरीले मंगलबार पक्राउ गरेको हो । गिरीसँगै कुमार अश्वपाठी र किशोर दत्तपुरम नामका उनका दुई साझेदार पनि पक्राउ परेका छन् ।...

डेंगु भएकी निरुताले भारतबाटै लेखिन् यस्तो स्टाटस

२०७५ चैत २७ गते १६:३८

काठमाण्डु, २७ चैत – मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ टीम यतिबेला मोफसल यात्रामा दौडिएको छ । टीमले विभिन्न सहरमा कन्सर्ट, पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराइरहेको छ । तर मोफसल यात्रामा चलचित्रकी मुख्य अभिनेत्री निरुता सिंह उपस्थित छैनन् । केही समयदेखि...

सभामुख महराद्वारा पाकिस्तान र बंगलादेशका समकक्षीसँग शिष्टाचार भेट

२०७५ चैत २६ गते १४:२७

दोहा, २५ चैत – सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका पाकिस्तानका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा सभामुख महराले...

लिबियामा द्वन्द्व चर्कियो, नेपाली सेनाको अवस्था कस्तो छ ?

२०७५ चैत २५ गते १७:४४

काठमाण्डु, २५ चैत – नेपाली सेनाले लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली शान्ति सेना सुरक्षित रहेको बताएको छ । लिबियामा पछिल्लो साता जारी द्वन्द्धबारे चासो देखाउँदै नेपाली सेनाले विज्ञप्ति नै जारी गरेको हाे । संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत नेपाली सेनाहरु सुरक्षित रहेको...

आइपियुको १४० औं सभालाई सम्बोधन गर्दै सभामुखले के भने ?

२०७५ चैत २५ गते १५:५८

कतार, २५ चैत – सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपियु) को १४० औं सभालाई सम्बोधन गरेका छन् । आइपियूको सभामा सभामुख महराले सम्बोधन गरेका हुन् । सभालाई सम्बोधन गर्दै सभामुख महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानव अधिकार, समानता र कानुनी शासनको...

मलेसिया बस दुर्घटनामा कति नेपालीले ज्यान गुमाए ?

२०७५ चैत २५ गते १३:५४

मलेसिया, २५ चैत – मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । त्यस्तै उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । ४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११ः१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा...

मलेसियामा बस दुर्घटना, नेपालीसहित ११ जनाको ज्यान गयो

२०७५ चैत २५ गते ११:३०

मलेसिया, २५ चैत – मलेसियामा बस दुर्घटना भएको छ । आइतबार राति भएको उक्त बस दुर्घटनामा दुई जना नेपालीसहित ११ जनाको मृत्यु भएको द स्टार अनलाइनले जनाएको छ । ज्यान जानेमा नेपाली रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन् । ४४ जना यात्रु...

कतारका मन्त्रीसँग ४ लाख नेपालीको सुरक्षाबारे सभामुखको चासो

२०७५ चैत २४ गते १३:०४

कतार (दोहा), २४ माघ – सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित...

सिड्नीमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’

२०७५ चैत १९ गते १४:५९

काठमाण्डु,१९ चैत्र – सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियनबीच झगडा भएको छ । नेपाली विद्यार्थी बाटो काट्ने क्रममा अस्ट्रेलियनसँगको झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर घाइते भएका छन् भने अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा...

कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन, कहिले छ परीक्षा ?

२०७५ चैत १८ गते १२:५१

काठमाण्डु, १८ चैत – नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ्यै छ ।...

कलिङ भिसा पाएका कामदारले भोलीबाट मलेसियाको श्रम स्वीकृति पाउने

२०७५ चैत १७ गते १७:४५

काठमाण्डु, १७ चैत – यसअघि नै कलिङ भिसा पाइसकेकाहरूले भोलिबाट मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन् । यसका लागि वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको छ । नेपाल सरकारको तथ्यांकअनुसार अहिलेसम्म ७ हजार नेपालीले यस्तो...

नेपाली सेना र प्रहरीलाई शान्ति मिसनको उच्च तहको नेतृत्व दिन रक्षामन्त्रीको माग

२०७५ चैत १७ गते १३:०९

काठमाण्डु, १७ चैत – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसङ्घीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिता हुनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई पहिलो वक्ताको रुपमा सम्बोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us