मलेसियामा बस दुर्घटना, नेपालीसहित ११ जनाको ज्यान गयो

काठमाण्डु टुडे २०७५ चैत २५ गते ११:३० मा प्रकाशित

मलेसिया, २५ चैत – मलेसियामा बस दुर्घटना भएको छ । आइतबार राति भएको उक्त बस दुर्घटनामा दुई जना नेपालीसहित ११ जनाको मृत्यु भएको द स्टार अनलाइनले जनाएको छ । ज्यान जानेमा नेपाली रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन् ।


४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा २ नेपाली, ५ जना बंगलादेशी, ३ जना इण्डोनेसियन र १ मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक ४३ वर्षीय बसका चालक रहेको बताइएको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी र १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेका छन् ।

बस रातमा काम गर्ने कामदार बोकेर काम गर्ने स्थानतर्फ जाँदै थियो । बस १० मिटर तल नालिमा खसेको प्रहरीको भनाइलाई मेट्रो अनलाइनले उल्लेख गरेको छ । घाइतहरुले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us