
मलेसिया, २५ चैत – मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । त्यस्तै उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।
४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११ः१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको थियो । दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दुई नेपाली, पाँच जना बंगलादेशी र चार जना इन्डोनेसियन नागरिक छन् ।
काम सकेर होस्टेलमा फर्किने क्रममा उक्त बस दुर्घटना भएको न्यू स्टार टाइम्समा उल्लेख गरिएको छ । टाइम्सका अनुसार चालकसहित आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जनाको उपचारका क्रममा सेरदाङ र पुटराज्य अस्पतालमा मृत्यु भएको हो ।
ज्यान गुमाउने नेपालीमा २८ वर्षीय जगरनाथ सिंह दनुवार र ३७ वर्षीय रामु चौधरी रहेका छन् । ३४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १२ जना नेपाली छन् ।
घाइतेको नेपाली नागरिकको नाम
सेरदाङ अस्पताल
२८ वर्षीय कृष्णबहादुर पुनमगर
२४ वर्षीय भरत शाही
पदमबहादुर कुँवर
सन्तोष कुमार साह
२५ वर्षीय सुमन काम्छा मगर
३१ वर्षीय सन्तोषकुमार यादव
२७ वर्षीय लोकेन्द्रबहादुर शाही
पुटराज्य अस्पताल
२४ वर्षीय केशव थापा
३२ वर्षीय लोकश ओली
बन्तिङ अस्पताल
महेशकुमार बुढाथोकी
सुरज यादव
विश्वकर्मा मण्डल