अमेरिकामा भिसा किर्ते गर्ने नेपाली पक्राउ

काठमाण्डु टुडे २०७५ चैत २८ गते १५:१८ मा प्रकाशित

अमेरिका, २८ चैत – किर्ते कागजातका आधारमा अमेरिकी भिसा दिलाएको अभियोगमा अमेरिकामा एक नेपाली पक्राउ परेका छन् । ४२ वर्षका सन्तोष गिरीलाई अमेरिकी प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गिरीसँगै कुमार अश्वपाठी र किशोर दत्तपुरम नामका उनका दुई साझेदार पनि पक्राउ परेका छन् । आफ्नो कन्सल्टेन्सीमा काम दिने भनी कागजात बनाएर विदेशी कामदार अमेरीका ल्याउने गरेको आरोप उनीहरुमाथि लागेको छ । यसरी कामदार ल्याउँदा उनीहरुसँग पैसा लिने गरेको पनि आरोप उनीहरुमाथि छ ।

अहिले होमल्याण्ड सुरक्षा अन्तर्गतको अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा कार्यालयले उनीहरुविरुद्ध भिसा किर्ते गरेको अभियोगमा मुद्धा चलाएको छ । उनीहरु धरौटामा रिहा भएको तर मुद्दा जारी रहेको कार्यालयले जनाएको छ ।

उनीहरुको अपराध प्रमाणित भएमा २ लाख ५० हजार अमेरिकी डलर जरिवाना र १० वर्ष कैद हुनसक्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us