समाचार

ज्ञानेन्द्र शाहलाई प्रचण्डको चुनौतीः देश निकाला नगरेर देखाएको उदारतालाई कमजोरी नठान्नु

२०८१ फागुन २७ गते १५:११

काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र अन्त्य हुँदा सदासयतापूर्वक सुरक्षित बासस्थानको व्यवस्था गरेको नबिर्सन चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै मंगलबार उनले संसारमा गणतन्त्रको इतिहास राजतन्त्रको रगतले लेखिएको स्मरण गरे । ‘म चेतावनीका साथ बन्न चाहन्छु शान्ति...

८ महिनाअघि देशमा अहिलेजस्तो असन्तोष थिएनः प्रचण्ड

२०८१ फागुन २७ गते १४:३८

काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको बेथिति, अविवेक र असफलताका कारण जनतामा व्यवस्थाप्रति नै मोहभंग हुने वातावरण बनेको बताएका छन् । प्रतिनिधि सभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले आठ महिनाअघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष नभएको उल्लेख गरे ।...

यो सरकारको घोडा प्रधानमन्त्रीले होइन, बिचौलियाले दौडाएका छन्ः प्रचण्ड

२०८१ फागुन २७ गते १४:२२

काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्इक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले नभई बिचौलियाले दौडाएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार बोल्दै उनले सरकारले ८ महिनामा गरेका कुनै पनि काममा प्रधानमन्त्री र मन्त्रीका स्वविवेकले निर्णय नभएको आरोप लगाए...

राजावादी सल्बलाउनुमा देशभित्र र बाहिरको चलखेल मिसिएको छः प्रचण्ड

२०८१ फागुन २७ गते १४:१२

काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरू सल्बलाउनुको पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनको सपना देख्न डराएकाहरु सडकमै ओर्लिएको उनले बताए । सरकारका...

राप्रपाको चेतावनीः गणतन्त्रवादीहरुले लुक्ने ठाउँ खोज्दै गर्नू

२०८१ फागुन २७ गते १४:०३

काठमाण्डू, २७ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले सरकारकै गतिविधिका कारण पूर्वराजा ज्ञनेन्द्र शाहको पक्षमा जनमत बढेको दाबी गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद् रोशन कार्कीले गत २५ फागुनमा काठमाण्डूमा पूर्वराजा शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताइन्...

प्रचण्डले उठाए केपी ओलीको संस्कारमा प्रश्न

२०८१ फागुन २७ गते १४:०३

काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोल्दा प्रधानमन्त्री केपी ओली निरन्तर अनुपस्थित भएामा आपत्ति जनाएका छन् । प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा बालेका थिए । ओली बैठकमा सहभागी भएनन् । उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्न...

सरकारको गतिविधिले राजतन्त्रले भूतप्रेत बनेर दुःख दिन थाल्योः सांसद् बराली

२०८१ फागुन २७ गते १३:५६

काठमाण्डू, २७ फागुन– माओवादी केन्द्रका सांसद् रणेन्द्र बरालीले सरकारकै कारण इतिहासमा चपरी मुनि पुरिएको राजतन्त्रले सरकारकै कारण टाउको उठाउन खोजेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार शून्य समयमा बोल्दै उनले अस्तुका रुपमा कात्रोमा पोको पारेर बगाएको राजतन्त्र फर्कन नसक्ने भए पनि सरकारको गतिविधिका कारण...

राजावादीको चलखेल क्रान्ति पूरा गर्ने अवसर होः प्रचण्ड

२०८१ फागुन २७ गते १३:४२

काठमाण्डू, २७ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् । पार्टीको सहायक संगठन वाइसीएलको बैठकमा उनले यस्तो धारणा राखेका हुन् । विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा...

बाबुराम भट्टराईको फेसबुक ह्याक

२०८१ फागुन २७ गते १३:२८

काठमाण्डू, २७ फागुन–पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ । भट्टराईको सचिवालयले भट्रयाईको पेज ह्याक भएको जनाएको छ । भट्टराईको फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक र भ्रामक टिप्पणी गरेको सचिवालयको भनाइ छ ।...

एमालेले भन्योः ज्ञानेन्द्र र राजावादीमाथि कारबाही हुन्छ

२०८१ फागुन २७ गते १३:२५

काठमाण्डू, २७ फागुन– सत्तारुढ एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नतामा राजावादी समूहले केही दियता जारी राखेको संविधान र मुलुक हितविपरीतको गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्रको उक्साहट, निर्देशन र संलग्नतामा त्यस्ता...

राप्रपा नेता भन्छन्ः दुर्गा प्रसाईले ज्ञानेन्द्र ‘महाराज’ लाई डुबाउने भए

२०८१ फागुन २७ गते ११:४८

durga काठमाण्डू, २७ फागुन– राजावादी दल राप्रपा र राजा ल्याउने भन्दै अभियान चलाइरहेका दुर्गा प्रसाईंबीचको टकराव सतहमा देखिन थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग को निकट हुने भन्नेमा होडबाजी गरिरहेका राप्रपा र प्रसाईंबीचको लफडा सार्वजनिक रुपमै छताछुल्ल हुन थालेको हो । प्रसाईंले आफनै निवासमा...

जनताले निरंकुश राजतन्त्र खोजेका होइनन्ः कमल थापा

२०८१ फागुन २७ गते ११:३५

काठमाण्डू, २७ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुश राजतन्त्र नखोजेको बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत मंगलबार जनताले राजासहितको मर्यादित लोकतन्त्र खोजेको तर्क गरे । जनता लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्पमा रहेको दाबी उनको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us