एमालेले भन्योः ज्ञानेन्द्र र राजावादीमाथि कारबाही हुन्छ

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– सत्तारुढ एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नतामा राजावादी समूहले केही दियता जारी राखेको संविधान र मुलुक हितविपरीतको गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्रको उक्साहट, निर्देशन र संलग्नतामा त्यस्ता गतिविधि भएकाले नियन्त्रण गर्न माग गरे ।

संविधान र राष्ट्रियगानको अपमान हुने गरी पञ्चायतकालीन राष्ट्रियगान गाउने, प्रदर्शनमा भारतीय जनता पार्टी (भाजपा) का नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोक्नेजस्ता मुलुकहितविपरीत गतिविधि भएको बताए ।

‘संविधानको धारा ५ ले राष्ट्रहीत विपरीत हुने कार्यकलाई दण्डनीय मागेको छ । पछिल्लो केही दिनयता पूर्वराजाको निर्देशक, उक्साहत र प्रत्यक्ष संलग्नतामा संविधानविपरीत कार्यहरु भइरहेका छन्’, बर्तौलाले भने ।

उनले त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गरे । बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र र निरंकुशता हुन नसक्ने भन्दै इतिहासले संग्रहालयमा थन्काइसकेको राजतन्त्र स्वीकार्य हुन नसक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us