काठमाण्डू, २७ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुश राजतन्त्र नखोजेको बताएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत मंगलबार जनताले राजासहितको मर्यादित लोकतन्त्र खोजेको तर्क गरे । जनता लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्पमा रहेको दाबी उनको छ ।
‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन’, थापाले भने, ‘ मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो । राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ ।
बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन् । जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन ।’