८ महिनाअघि देशमा अहिलेजस्तो असन्तोष थिएनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको बेथिति, अविवेक र असफलताका कारण जनतामा व्यवस्थाप्रति नै मोहभंग हुने वातावरण बनेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले आठ महिनाअघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष नभएको उल्लेख गरे । माइतीघर मण्डल पनि लगभग खाली हुँदै गएको उनले स्मरण गरे ।

उनले एकातिर सरकारको भ्रष्टाचारी जोगाउने, बिचौलियाको स्वार्थमा काम गर्ने शैली र अर्कातिर प्रतिगामी चलखेलविरूद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सिर्जना भएको उनको भनाइ थियो ।

उनले सहादतबाट प्राप्त उपलब्धीमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिएको बताए । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्ट्याउने कोसिस भए त्यसविरुद्ध लाखौं जनता उतार्नुपर्ने अवस्था भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us