काठमाण्डू, २८ फागुन– एमाले महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दू राजा बनाउन भारतले दबाब दिएको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरुले ज्ञानेन्द्रलाई राजा बनाउनुपर्ने अभिव्यक्ति दिइरहेको बताए । उनले नेपालमा हिन्दू राजाको...
काठमाण्डू, २७ फागुन– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा र आफ्नो सचिवालयको विश्वास नगर्न आग्रह गरेका छन् । मंगलबार युटुबरहरुसँग कुरा गर्दै प्रसाईंले कमल थापा र राजेन्द्र लिङदेनका कारण हिन्दू धर्म र राजसंस्था गुमेको नबिर्सन पूर्वराजालाई आग्रह गरे । संविधान जारी गर्नुअघि...
काठमाण्डू, २७ फागुन– काठमाण्डूको तार्केश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जंगलमा एक पुरूषको शव भेटिएको छ । तार्केश्वर–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन मृत भेटिएका प्रहरीले जनाएको छ । काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ...
विराटनगर, २७ फागुन– प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन चाहेको बताएका छन् । कोशी प्रदेशसभालाई मंगबार सम्बोधन गर्दै ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको...
काठमाण्डू, २७ फागुन– स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले राजावादीबाट भन्दा कांग्रेस–एमाले नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले राजावादीहरुलाई देखाएर काँग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए । नेपाली जनता सधैं लोकतन्त्रको पक्षमा रहेको भन्दै उनले लोकतन्त्रको नाममा नेतातन्त्र मौलाएकाले...
काठमाण्डू, २७ फागुन– जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रथम उपाध्यक्ष एवं सांसद् राजकिशोर यादवले आफ्नो गृहजिल्ला सिरहाको नरहा गाउँपालिका–३ मा भारतीयलाई नेपाली नागरिकता दिइएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यादवले जनपतिनिधि र कर्मचारीको मिलेमतोमा भारतीयलाई नेपाली नागरिकता...
काठमाण्डू, २७ फागुन– जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट घर जाँदा किन आत्तिएको भन्दै सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेतामाथि प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै यादवले राजावादीहरु सल्बलाउनुमा ठूला दलका नेताहरुको...
काठमाण्डू, २७ फागुन– नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद् राजेन्द्र पाण्डेले राजावादीहरुको प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्ममन्त्री योगी आदित्यनाथको तस्बिर बोकिएकामा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पाण्डेले त्यसलाई आफ्नो दलले गम्भीर रुपमा लिएको बताए । आइतबार पोखराबाट काठमाण्डू आएका पूर्वराजा ज्ञानेन्द्र...
काठमाण्डू, २७ फागुन– एमाले सचिव गोकर्ण विष्टले लोकतन्त्रको डुंगा प्वाल पार्न खोज्दा सरकार मात्र नडुब्ने कुरा हेक्का राख्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै मंगलबार उनले गणतन्त्रवादी सबै डुब्ने टिप्पणी गरे । सबै समस्याको जिम्मेवारी वर्तमान केपी ओली सरकारले मात्र लिन नसक्ने उनको...
काठमाण्डू, २७ फागुन–कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापाले संविधान र व्यवस्थाविरुद्ध भइरहेका गतिविधि रोक्न काँग्रेस, एमाले र माओवादीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै थापाले परिवर्तनका पक्षमा रहेका दलहरुबीच संवाद र सत्कार्य हुनुपर्ने बताए । ‘परिवर्तनका पक्षमा रहेकाहरू संवाद र...
काठमाण्डू, २७ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद् पद अनुचित ढंगले निलम्बन गरिएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाइै मंगलबार बोल्दै उनले लमिछानेको निलम्बनले लोकतन्त्रमाथिको जनआस्थामा पारेको प्रभावबारे बुझन सरकारमा रहेका दलहरुलाई आग्रह गरे ।...
काठमाण्डू, २७ फागुन– कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्तारुढ पार्टीहरुले जनताको असन्तुष्टि समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले २०६२र०६३ को जनआन्दोलनमा परिवर्तनकारी दलहरुलाई साथ दिएको नागरिक पंक्ति अहिले रिसाएको भन्दै उनीहरुसँग सार्थक संवाद हुनुपर्नेमा जोड दिए । थापाले जनताको असन्तोषलाई...