काठमाण्डू, २८ फागुन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...
काठमाण्डू, २८ फागुन– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको रोग माओवादीमा पनि लागेकाले उपचारका लागि जनतामा आएको बताएका छन । आज (बुधबार) बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...
काठमाण्डू, २८ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक आजको प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु...
काठमाण्डू, २८ फागुन– कर्णाली प्रदेशमा पटक–पटक सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै आएको सत्तारुढ दल नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएको छ । एमाले नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै कांग्रेस सांसद कृष्णकुमार विसीले आफ्ना (कांग्रेस) मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका छन । आज (बुधबार) बसेको प्रदेश सभा बैठकमा...
काठमाण्डू, २८ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट आज हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य...
काठमाण्डू, २८ फागुन– संसदीय निर्वाचनसँग सम्बन्धित डा. तोसिमा कार्कीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले दुई वर्षपछि मंगलबार फैसला सुनाएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले कार्कीको सांसद पद जोगिने गरी फैसला सुनाएका हुन । अदालतबाट फैसलाको लिखत भने आउन बाँकी रहेको...
काठमाण्डू, २८ फागुन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पुराना ऐन कानुनका साथै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन । आज (बुधबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाण्डूमा आयोजना गरेको टेलिकम उद्योग पुनरुत्थान कार्यक्रममा मन्त्री गुरुङले...
काठमाण्डू, २८ फागुन– काठमाण्डू महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा बिट नजिक मन्दिर परिसरमा एक पुरुषको शव भेटिएको छ । नुवाकोटको ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बानियाँको शव बुधबार फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण...
काठमाण्डू, २८ फागुन– महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङमा नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला समूहले विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको हो । डा. कोइराला...
काठमाण्डू, २८ फागुन– प्रहरीले रौतहटबाट भन्सार छलीको विभिन्न किसिमका सामान र २ मोटरसाइकलसहित एकजना युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट भन्सार छली भित्र्याएको १ लाख ७५ हजार बराबरको मोटर पार्ट्स, कपडा किराना र विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८...
काठमाण्डू, २८ फागुन– सत्ता घटक दल एमालेको ललितपुरस्थित एमाले मुख्यालय च्यासलमा नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत आज धर्ना बसेका छन । आजबाट आन्दोलनरत शिक्षकहरुले राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका हुन । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना...
काठमाण्डू, २८ फागुन– काठमाण्डूमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । सोही...