समाचार

गणतन्त्रवादी मिलेर राजावादीको प्रतिकार गर्छौंः नारायणकाजी

२०८१ फागुन २९ गते १२:५२

दोलखा, २९ फागुन– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको बताएका छन् । पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टर दोलखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले व्यवस्थाविरोधी शक्तिविरुद्ध गणतन्त्रवादी शक्तिसँग मिलेर प्रतिवाद गर्ने तयारीमा आफूहरु रहेको बताए । यद्यपि...

नेपालका १ सय २५ भाषाका लागि बन्यो ‘दुबो’ फन्ट

२०८१ फागुन २९ गते १०:११

काठमाण्डू, २९ फागुन– नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश...

सभामुखद्वारा मर्यादित र सभ्य तवरले होली पर्व मनाउन अपिल

२०८१ फागुन २९ गते १०:०६

काठमाण्डू, २९ फागुन– सभामुख देवराज घिमिरेले फागुपूर्णिमा पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गरेका छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस...

होलीमा खेलिने रङजस्तै नेपाली समाज पनि विविधतापूर्ण छः देउवा

२०८१ फागुन २९ गते १०:०१

काठमाण्डू, २९ फागुन– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् । फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै...

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्छः प्रचण्ड

२०८१ फागुन २९ गते ९:५६

काठमाण्डू, २९ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताएका छन् । आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा...

होलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउँछःराष्ट्रपति

२०८१ फागुन २९ गते ९:५३

काठमाण्डू, २९ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक...

हर्ष र उमंगको क्रिडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामनाः ओली

२०८१ फागुन २९ गते ९:४७

काठमाण्डू, २९ फागुन– प्रधानमन्त्री केपी ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हर्ष र उमंगको पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको बताए । फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको...

बारीमा हात्ती धपाउन गएका बेला आक्रमणमा परी मृत्यु

२०८१ फागुन २९ गते ९:४१

बर्दिया, २९ फागुन–बर्दियामा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–२ बलातीका ६० वर्षीय बलिराम थारुको हात्ती आक्रमणबाट मृत्यु भएको हो । बर्दिया प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार बुधबार राति १२ बजेको समयमा जंगली हात्ती बारीमा परेपछि धपाउन जाँदा थारु...

पहाडी जिल्लामा आज होली पर्व

२०८१ फागुन २९ गते ७:१७

काठमाण्डू, २९ फागुन– देशभरका पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । असत्यमाथि सत्यको जीत भन्ने पौराणिक सन्देश सहित होली पर्व मनाइँदै आएको छ । आफन्त, साथीभार्इ र परिवारमा एक अर्कालाई रङ लगाएर शुभकामना आदान–प्रदान सहित होली पर्व मनाइँदै छ । आपसी...

सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीलाई राहत हुने फैसला

२०८१ फागुन २९ गते ६:२०

काठमाण्डू, २९ फागुन– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो । संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका...

मन्त्रीहरुलाई चित्रबहादुरले सोधेः तपाईंहरुको सम्पत्ति कति छ र सार्वजनिक गर्न बाधा परेको ?

२०८१ फागुन २८ गते १९:४५

काठमाण्डू, २८ फागुन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारले गरेको सुशासनको गफ सत्तापक्षकै नेता कार्यकर्ता र सांसदले समेत नपत्याउने अवस्था आएको टिप्पणी गरका छन् । सरकारले संसदमा पेस गरेको प्रतिस्थापन विधेयकमाथिको छलफलमा मंगलबार बोल्दै उनले विधेयकको नाम सुशासन राखिएकामा आपत्ति जनाए । ‘जुन...

काठमाण्डूको आकाशमा आधा दर्जन बढी जहाज होल्ड

२०८१ फागुन २८ गते १९:२९

काठमाण्डू, २८ फागुन– प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us