काठमाण्डू, २९ फागुन– देशभरका पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।
असत्यमाथि सत्यको जीत भन्ने पौराणिक सन्देश सहित होली पर्व मनाइँदै आएको छ । आफन्त, साथीभार्इ र परिवारमा एक अर्कालाई रङ लगाएर शुभकामना आदान–प्रदान सहित होली पर्व मनाइँदै छ ।
आपसी हार्दिकता र भ्रातृत्वको रुपमा रङको माध्यमबाट होली मनाउनेहरुले आत्मीयता साटिरहेका छन् ।
एकता र भाइचाराका रूपमा मनाइने होलीपर्व देशका विभिन्न ठाउँमा विविध प्रकारका कार्यक्रम गरी मनाइँदै छ ।
होलीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने भोलि मात्र होली पर्व मनाइन्छ ।