रास्वपालाई ओलीको जवाफः यो लाचारीपनलाई इतिहासले अवश्य हेर्नेछ, कठघरामा उभ्याउनेछ

काठमाण्डु टुडे २०८३ असार २५ गते १४:०१ मा प्रकाशित

काठमाण्डू, २५ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सरकारले आफूहरूको संयमता कमजोरी ठानेको बताएकी छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार नहुने भएकाले सदनमै आएर जवाफ दिनुपर्ने पनि उनले बताइन् । उनले भनिन्, ‘दुर्भाग्यवश, प्रधानमन्त्रीज्यूले संसद्लाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो ।

के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने होरु के सार्वभौम संसद् पार्टीको मञ्च भन्दा सानो संस्था भएको होरु संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ। कार्यपालिका संसद्प्रति उत्तरदायी रहनुपर्छ ।’ यदि संसद्को सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भयो भने संसदीय लोकतन्त्रको औचित्य के रहन्छरु भन्दै प्रश्न गरिन् । उनले रास्वपाका सांसदहरूको भूमिकामाथि पनि प्रश्न समेत गरेकी छन ।

उनले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनुभएको छ ?, ‘राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैनरु केही दल, केही नेतागत निष्ठा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित भन्दा माथि कसरी पुग्योरु इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्तापक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लखिनेछ।’ उनले इतिहासले सत्तापक्षको लाचारीपन अवश्य हेर्ने बताएकी छन ।

उनले थपिन्, ‘त्यसैले सम्झनुहोस्, आज तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ता हुँदै छ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईँहरूलाई पनि कठघरामा उभ्याउनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us