समाचार

प्रधानाध्यापकमाथि कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी

२०८१ फागुन ३० गते १३:२५

काठमाण्डू, १ चैत– दाङको घोराही उपमहानगरपालिका १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ । विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् ।...

राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार

२०८१ फागुन ३० गते १३:१५

काठमाण्डू, १ चैत– काठमाण्डूको शंखमुलस्थित इनारमा खसेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । कैलालीको धनगढी घर भएर शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी अपिल बोहराले जानकारी दिएको छ । विद्यापती मार्ग स्थित स्थानीय उत्तम अर्यालको घरको ३०...

टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी

२०८१ फागुन ३० गते १३:०७

काठमाण्डू, १ चैत– काठमाण्डूको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ । टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएका छन । पर्साको...

गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु

२०८१ फागुन ३० गते १२:५४

काठमाण्डू, १ चैत– सुर्खेत गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेको जिल्ला प्रहरीले कार्यलय सुर्खेतले जानकारी दिएको छ । फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि...

जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते

२०८१ फागुन ३० गते १२:३९

काठमाण्डू, १ चैत– धनुषाबाट सिरहाकाृे लहान जाँदै गरेको बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिकै दुर्घटनाहुदाँ २० जना यात्रु घाइते भएको जिल्ला...

लीलबहादुर क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

२०८१ फागुन ३० गते १२:१५

काठमाण्डू, १ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी...

पूर्वराजा र राजावादीको क्रियाकलाप गम्भीरः मोर्चा

२०८१ फागुन ३० गते ११:४६

फाइल तस्बिर काठमाण्डू, १ चैत– समाजवादी मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी दल र समूहहरुको पछिल्ला गतिविधिलाई गम्भीर रुपमा लिनुपर्ने निस्कर्ष निकालेको छ । शुक्रबार बसेको मोर्चा घटक दलहरुको बैठकले परिस्थितिलाई गम्भीर र जटिल बनाउने कसरत भइरहेको निस्कर्ष निकालेको बैठकपछि नेक्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता...

राजावादीको चलखेलः समाजवादी मोर्चाले शनिबार पत्रकार सम्मेलन गर्ने

२०८१ फागुन ३० गते ११:३७

फाइल तस्बिर काठमाण्डू, १ चैत– समाजवादी मोर्चाले शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ । शनिबार अपराह्न २ बजे ललितपुरको होटल हिमालयमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे मोर्चाको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार...

सरकारप्रति शेखर कोइरालाको आक्रोशः बिनास काले विपरीत बुद्धि

२०८१ फागुन ३० गते ११:२१

काठमाण्डू, १ चैत– सत्तारूढ कांग्रेस नेता डा. शेखर कोइरालाले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले यस्ता व्यवहारले व्यवस्था र पार्टीको हित नगर्ने भएकाले तत्काल पछि हट्न सरकारसँग माग गरेका छन् । पूर्वराष्ट्रपति,...

चलचित्र छायाँकनका क्रममा माग्नेबुढा घाइते

२०८१ फागुन २९ गते १८:२९

काठमाण्डू, २९ फागुन– हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) घाइते भएका छन् । अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘जेरी अनटप’ छायाङ्कनका क्रममा बिहीबार मुस्ताङको मुक्तिनाथमा घिमिरे घाइते भएका हुन् । घिमिरेको टाउकोमा चार टाँका लगाइएको छ । उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले छायांकनका...

नयाँ घर पूजामा गएका बेला खुकुरी प्रहार गरी युवकको हत्या

२०८१ फागुन २९ गते १८:१२

कालिकोट, २९ फागुन– कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६...

काठमाण्डूबाट २४ जना पक्राउ

२०८१ फागुन २९ गते १८:०४

काठमाण्डू, २९ फागुन– प्रहरीले काठमाण्डूबाट होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले २४ जना पक्राउ परेको बताए । बोहराका अनुसार पक्राउ पर्नेमा सबै पुरुष छन् । यसैगरी ट्राफिक नियम उल्लंघन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us