पूर्वराजा र राजावादीको क्रियाकलाप गम्भीरः मोर्चा

काठमाण्डु टुडे २०८१ फागुन ३० गते ११:४६ मा प्रकाशित

फाइल तस्बिर

काठमाण्डू, १ चैत– समाजवादी मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी दल र समूहहरुको पछिल्ला गतिविधिलाई गम्भीर रुपमा लिनुपर्ने निस्कर्ष निकालेको छ ।

शुक्रबार बसेको मोर्चा घटक दलहरुको बैठकले परिस्थितिलाई गम्भीर र जटिल बनाउने कसरत भइरहेको निस्कर्ष निकालेको बैठकपछि नेक्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

‘ हाम्रो निष्कर्ष के छ भने परिस्थिति एकपछि अर्को जटिल बन्दै गइरहेको छ र जटिल बनाउने कसरतरहरु भइराखेका छन्’, विश्वकर्माले भने ।

विश्वकर्माका अनुसार राष्ट्रिय स्वाधीनता र गणतन्त्र रक्षाका लागि मोर्चामा नरहेका दलहरुसँग पनि छलफल गर्ने निर्णय मोर्चाले गरेको छ । उनले मोर्चाले आगामी १५ चैतमा गणतन्त्रको पक्षमा राजधानीमा गर्न लागेको जनप्रदर्शन भव्य बनाउने पनि बताए ।

उनले प्रदर्शनमा हजारौंको उपस्थिति हुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us