गृहमन्त्री र सचिवालय गैरजिम्मेवार बनेको रास्वपा सांसदको टिप्पणी

काठमाण्डु टुडे २०८३ असार २५ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, २५ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको गम्भीर कमजोरी औँल्याएकी छन् ।

आज (बिहिबार) बसेको प्रतिनिसभाको बैठकमा बोल्दै उनले जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी भएको बताइन्। उनले गृहमन्त्री सुधन गुरुङको सचिवालयमाथि प्रश्न समेत उठाएकी छन ।

उनले भनिन्, ‘जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृह मन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा, गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासाहरू तारन्तार निरन्तर आइरहेका छन् । जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी हो ।’

नागरिकलाई समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाट गैरजिम्मेवारीपूर्ण व्यवहार भएको पनि बताइन् । उनले जेन–जी आन्दोलनका विषयमा गम्भीरतापूर्वक मनन गरेर समाधानका निम्ति सहकार्य र पहल गरेकोप्रति पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद समेत व्यक्त गरिन् ।

उनले थपिन्, ‘उहाँको काम प्रशंसायोग्य छ । त्यसले युवाहरूमा राज्यप्रतिको भरोसा जगाउने काम गरेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us