काठमाण्डू, १ चैत– काठमाण्डूको शंखमुलस्थित इनारमा खसेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । कैलालीको धनगढी घर भएर शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी अपिल बोहराले जानकारी दिएको छ ।
विद्यापती मार्ग स्थित स्थानीय उत्तम अर्यालको घरको ३० फिट गहिरो इनारको रेलिङ सफा गर्ने क्रममा शाह इनार भित्र खसेका हुन् । प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोदार नेतृत्वको टिमले उनलाई इनारबाट उद्धार गरेर सिभिल अस्पतालमा पठाएको छ ।
इनार सफा गर्ने क्रममा ढकन फुटेर शाह इनारमा खसेको एसपी बोहराले जानकारी दिएका छन ।