जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १२:३९ मा प्रकाशित

काठमाण्डू, १ चैत– धनुषाबाट सिरहाकाृे लहान जाँदै गरेको बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिकै दुर्घटनाहुदाँ २० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।

दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएको दुर्घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन ।

उनले भने, ‘सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । ६ वटा एम्बुलेन्समा बिरामी उपचारका लागि अस्पतालहरुमा लगिएको छ ।’ बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us