काठमाण्डू, २९ फागुन– प्रहरीले काठमाण्डूबाट होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले २४ जना पक्राउ परेको बताए । बोहराका अनुसार पक्राउ पर्नेमा सबै पुरुष छन् ।
यसैगरी ट्राफिक नियम उल्लंघन गरी चलाइएका चारपांग्रे र दुई पांग्रे गरी १ सय ४३ सवारी साधनलाई होल्ड गरिएको छ । तीमध्ये कतिपय मादक पदार्थ सेवन गरेका र केही सवारी चालक अनुमतिपत्र नभएकाहरु पनि थिए ।
प्रहरीले होलीलाई शान्तिपूर्ण बनाउन २ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालित गरिएको जनाएको छ ।