समाचार

एयर अरेबियाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा ‘मिस एप्रोच ओभरसुट

२०८१ फागुन २९ गते १४:५५

काठमाण्डू, २९ फागुन– एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौं विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो। हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले...

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा १७ जनाको उम्मेदवारी

२०८१ फागुन २९ गते १३:५७

काठमाण्डू, २९ फागुन– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत अध्यक्ष पदमा १७ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय क्याम्पसले बुधबार उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सभापतिमा काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट दीपकराज जोशी, एमालेनिकट अनेरास्ववियुबाट...

केपी ओली र माधव नेपालबीच पानी बाराबार, स्ववियु निर्वाचनमा सहकार्य

२०८१ फागुन २९ गते १३:४७

काठमाण्डू, २९ फागुन–एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्ध निकै तिक्ततापूर्ण छ । दुई नेताबीचको सम्बन्ध यतिसम्म चिसो छ कि भेट हुँदा एकअर्काप्रति सामान्य आदरसमेत प्रकट गदैनन् । राजनीतिक संस्कार बिर्सिएर शब्द कोषमा भएका खराब शब्द खोजीखोजी एकअर्काविरुद्ध...

ज्ञानेन्द्रलाई राप्रपाको आग्रहः दुर्गा प्रसाईंजस्तो हुल्लडबाजका लागि ‘महाराज’को ढोका खुला हुनुभएन

२०८१ फागुन २९ गते १३:३४

काठमाण्डू, २९ फागुन–राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुर्गा प्रसाईंको प्रतिवादमा उत्रन हच्किएको छ । प्रसाईंले केही दिनयता राप्रपा र त्यसको नेतृत्वविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनले नेपालबाट राजसंस्था र सनाहत हिन्दू धर्म फालिनुमा राप्रपा नेतृत्वको भूमिका रहेको आरोप लगाएका छन् । त्यति...

२३ वर्षसम्म भारतमा रोजगारी गरेर गाउँ फर्किए, अहिले तरकारी खेतीबाट कमाउँछन् महिनाकै १ लाख

२०८१ फागुन २९ गते १३:०७

मकवानपुर, २९ फागुन– मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । भारतमा २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकेनन् । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर...

गणतन्त्रवादी मिलेर राजावादीको प्रतिकार गर्छौंः नारायणकाजी

२०८१ फागुन २९ गते १२:५२

दोलखा, २९ फागुन– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको बताएका छन् । पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टर दोलखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले व्यवस्थाविरोधी शक्तिविरुद्ध गणतन्त्रवादी शक्तिसँग मिलेर प्रतिवाद गर्ने तयारीमा आफूहरु रहेको बताए । यद्यपि...

नेपालका १ सय २५ भाषाका लागि बन्यो ‘दुबो’ फन्ट

२०८१ फागुन २९ गते १०:११

काठमाण्डू, २९ फागुन– नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश...

सभामुखद्वारा मर्यादित र सभ्य तवरले होली पर्व मनाउन अपिल

२०८१ फागुन २९ गते १०:०६

काठमाण्डू, २९ फागुन– सभामुख देवराज घिमिरेले फागुपूर्णिमा पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गरेका छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस...

होलीमा खेलिने रङजस्तै नेपाली समाज पनि विविधतापूर्ण छः देउवा

२०८१ फागुन २९ गते १०:०१

काठमाण्डू, २९ फागुन– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् । फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै...

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्छः प्रचण्ड

२०८१ फागुन २९ गते ९:५६

काठमाण्डू, २९ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताएका छन् । आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा...

होलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउँछःराष्ट्रपति

२०८१ फागुन २९ गते ९:५३

काठमाण्डू, २९ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक...

हर्ष र उमंगको क्रिडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामनाः ओली

२०८१ फागुन २९ गते ९:४७

काठमाण्डू, २९ फागुन– प्रधानमन्त्री केपी ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हर्ष र उमंगको पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको बताए । फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us