त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा १७ जनाको उम्मेदवारी

काठमाण्डु टुडे २०८१ फागुन २९ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत अध्यक्ष पदमा १७ जनाको उम्मेदवारी परेको छ ।

केन्द्रीय क्याम्पसले बुधबार उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

सभापतिमा काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट दीपकराज जोशी, एमालेनिकट अनेरास्ववियुबाट सिद्धान्त भट्ट, माओवादीनिकट अखिल क्रान्तिकारीबाट प्रवीण दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि) बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ मतदाता छन् ।

बुधबार साँझ ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध र फिर्ता लिने समय तोकएको छ । बुधबारै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us