पश्चिम नवलपरासी, २८ फागुन– कांग्रेस महामन्त्री गगनकुमार थापाले पछिल्लो समय नागरिकमा बढेको असन्तुष्टिप्रति सरकार र राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् । कांग्रेस पश्चिम नवलपरासी–२ (क) को क्षेत्रीय सम्मेलनलाई मंगलबार सम्बधोन गर्दै थापाले जनताको असन्तुष्टिलाई राजावादी शक्तिले प्रयोग गर्न खोजेकाले सचेत हुनुपर्ने औंल्याएका...
काठमाण्डू, २८ फागुन– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वको नभई कर्मचारी तन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको बताएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) द्वारा बुधबार आयोजित ‘नयाँ युगको कार्यभारः वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै शर्माले अबको विकल्प राजनीतिमा...
काठमाण्डू, २८ फागुन– सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले मंगलबार उक्त मुद्दा हेर्दाहेर्दैमा राख्न आदेश गरेको हो । उक्त मुद्दामा आगामी २७ चैतमा सुनुवाइ हुने भएको छ । सापकोटाविरुद्ध काभ्रेका...
बुटवल, २८ फागुन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन । अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र...
काठमाण्डू, २८ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानले सुनिश्चित गरेका विभिन्न वर्ग र समुदायका हक अधिकारको रक्षाका लागि जुनसुकै बेला काठमाण्डू केन्द्रित आन्दोलन हुनसक्ने बताएका छन । आज (बुधबार) बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौं सम्मेलनलाई सम्बोधन गर्दै...
काठमाण्डू, २८ फागुन– आगामी ७ चैतमा संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ७ चैतमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन । उक्त कार्यक्रममा सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न सक्नेछन् ।...
काठमाण्डू, २८ फागुन– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थ रहेको जिल्ला प्रहरी परिसर भक्तुरले जानकारी दिएको छ । कायस्थले चलाएको बागमती प्रदेश–०३–००१ ख १८८४ नम्बरको मोटरसाइकलाई...
काठमाण्डू, २८ फागुन– काठमाण्डूको थापाथलीस्थित सडकमा काठमाण्डू महानगरपालिकाको नगरप्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन...
काठमाण्डू, २८ फागुन– त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चयन भएका छन । हालसम्म प्राप्त जानकारी अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा रहेको छ ।...
काठमाण्डू, २८ फागुन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...
काठमाण्डू, २८ फागुन– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको रोग माओवादीमा पनि लागेकाले उपचारका लागि जनतामा आएको बताएका छन । आज (बुधबार) बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...
काठमाण्डू, २८ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक आजको प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु...