आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन्) विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक आजको प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, चित्रबहादुर केसी, देवेन्द्र पौडेल, नारायणी शर्माले दिएका विरोधका सूचना प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएपछि मन्त्री पौडेलले संसदमा पेस गरेका हुन ।

सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us