काठमाण्डू, २८ फागुन– काठमाण्डूको थापाथलीस्थित सडकमा काठमाण्डू महानगरपालिकाको नगरप्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो ।
सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन । नगरप्रहरी बलको बा ०१ ग ४०६६ नम्बरको गाडी फसेको उनले जानकारी दिएका छन ।
‘उपत्यकामा नै यो अवस्था सिर्जना हुनुले नेपालको विकास निर्माणको अवस्था कुन हालतमा छ भन्ने स्पष्ट पारेको पनि पाण्डेले जानकारी दिएका छन । उक्त ठाउँमा आज बिहान अन्य गाडीहरू पनि फसेका थिए ।