सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १७:०९ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन् ।

सरकारले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज प्रतिनिधिसभामा विधेयक प्रस्तुत भएको हो ।

विधेयकमा सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, हितराज पाण्डे, चित्रबहादुर केसी र दुर्गालाईले राखेका विरोधको सूचना राखेका थिए । उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री गुरुङले विधेयक सभामा प्रस्तुत गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us