समाचार

‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’: रास्वपा

२०८१ फागुन २८ गते १३:४५

काठमाण्डू, २८ फागुन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाण्डूको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९...

सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा

२०८१ फागुन २८ गते १३:२९

काठमाण्डू, २८ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्व मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भनेर धारणा राखेपछि लफडा भएको छ । सांसद श्रेष्ठको त्यो धारणामा कांग्रेस सांसद राजेन्द्र...

प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा

२०८१ फागुन २८ गते १२:३१

काठमाण्डू, २८ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका सभामुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका छन ।   सातै प्रदेशका सभामुखहरु बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । सरकार र संसद्को कामकारबाहीबारे...

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ घाइते

२०८१ फागुन २८ गते १२:१०

काठमाण्डू, २८ फागुन– हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन । मृत्यु हुनेका हुम्लाको सर्केगाड गाउँपालिका–८ की २८ बर्षीया नेत्रकला जैसी रहेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ । जिल्लाको सर्केगाड गाउँपालिका–८ ढाडकोटमामा घर...

मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

२०८१ फागुन २८ गते ११:५८

काठमाण्डू, २८ फागुन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक...

संवैधानिक परिषद विधेयक सरकारको प्राथमिकतामा परेन

२०८१ फागुन २८ गते ११:५२

काठमाण्डू, २८ फागुन– सरकारको प्राथमिकतामा नपर्दा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा अड्किएको छ । यो विषय प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने उठ्दै आएको छ । गत साताको सोमबार सिंहदरवारमा बसेको...

२१ क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट क्रान्तिकारी निर्विरोध

२०८१ फागुन २८ गते १०:०२

काठमाण्डू, २८ फागुन– आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा सभापति निर्विरोध जितेको छ । क्रान्तिकारीकी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख ममता अधिकारीले २१ क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्वाचित भएको जानकारी दिइन् ।...

एमाले नेता एवं कालिका गाउँपालिका पूर्वअध्यक्ष पौडेलद्वारा पार्टी परित्याग

२०८१ फागुन २८ गते ९:१०

काठमाण्डू, २८ फागुन– एमाले रसुवा जिल्ला समिति सदस्य एवं कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष सीताकुमारी पौडेल अधिकारीले पार्टी परित्याग गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । ‘म आजका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने...

युवतीका कारण बर्बाद भएको भन्दै चन्द्रागिरीमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो

२०८१ फागुन २८ गते ८:५१

काठमाण्डू, २८ फागुन– काठमाण्डूको चन्द्रागिरिमा एक व्यक्तिले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले गएराति साढे १२ बजेको समयमा फेसबुक लाइभ गरी शरीरमा आगो लगाएका थिए । हात र अनुहार जलेका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डू प्रहरीका...

शंकर पोखरेलको भारतीय नेतालाई सुझावः हिन्दू राजा चाहिएको भए उतै बनाउनु

२०८१ फागुन २८ गते ८:४३

काठमाण्डू, २८ फागुन– एमाले महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दू राजा बनाउन भारतले दबाब दिएको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरुले ज्ञानेन्द्रलाई राजा बनाउनुपर्ने अभिव्यक्ति दिइरहेको बताए । उनले नेपालमा हिन्दू राजाको...

पूर्वराजा ज्ञानेन्द्रलाई दुर्गा प्रसाईंको अप्ठेरो प्रश्नः मलाई रोज्ने कि गणतन्त्रको भोज खाने ‘फ्रड’ राप्रपा ?

२०८१ फागुन २७ गते २०:००

काठमाण्डू, २७ फागुन– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा र आफ्नो सचिवालयको विश्वास नगर्न आग्रह गरेका छन् । मंगलबार युटुबरहरुसँग कुरा गर्दै प्रसाईंले कमल थापा र राजेन्द्र लिङदेनका कारण हिन्दू धर्म र राजसंस्था गुमेको नबिर्सन पूर्वराजालाई आग्रह गरे । संविधान जारी गर्नुअघि...

शिवपुरी जंगलमा पुरुषको शव भेटियो

२०८१ फागुन २७ गते १८:५४

काठमाण्डू, २७ फागुन– काठमाण्डूको तार्केश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जंगलमा एक पुरूषको शव भेटिएको छ । तार्केश्वर–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन मृत भेटिएका प्रहरीले जनाएको छ । काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us