‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’: रास्वपा

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाण्डूको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको रास्वपा सांसद खनालले यस्तो बताएका हुन ।

रास्वपा सांसद खनालले भने, ‘काठमाण्डू क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको बाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।’ रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us