माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ घाइते

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १२:१० मा प्रकाशित

काठमाण्डू, २८ फागुन– हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन । मृत्यु हुनेका हुम्लाको सर्केगाड गाउँपालिका–८ की २८ बर्षीया नेत्रकला जैसी रहेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।

जिल्लाको सर्केगाड गाउँपालिका–८ ढाडकोटमामा घर पोत्ने माटो खन्ने क्रममा माटोको डिस्कोले पुरिएर जैसीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिएका छन ।

यस्तै उनका अनुसार सर्केगाड गाउँपालिका–७ कि तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन । उनीहरू २५ वर्षदेखि २८ वर्ष उमेर समूहका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us