काठमाण्डू, २८ फागुन– काठमाण्डूको चन्द्रागिरिमा एक व्यक्तिले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
स्थानीय उत्तम कार्कीले गएराति साढे १२ बजेको समयमा फेसबुक लाइभ गरी शरीरमा आगो लगाएका थिए ।
हात र अनुहार जलेका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डू प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
आत्मदाह पयास गर्नुअघि गाउँकै एक युवतीले आफूलाई मानसिक तनाब दिएको र उनकै कारण पारिवारिक सम्बन्ध बिग्रिएको उनले बताएका थिए ।
प्रहरीका अनुसार युवतीको उजुरीका आधारमा उनी केही समयअघि पक्राउ परेका थिए । अभद्र व्यवहारसम्बन्धी मुद्धामा १८ दिन हिरासत बसेको एसपी बोहराले जनाए ।
आफ्नो कारण कान नसुन्ने बुबा र आँखा नदेख्ने आमाले दुःख पाएकाले अब बाँच्न नसक्ने भन्दै शरीरमा आगो लगाएको बोहराले बताए ।