प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १२:३१ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका सभामुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका छन ।

  सातै प्रदेशका सभामुखहरु बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो– ‘संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us