केपी ओली र माधव नेपालबीच पानी बाराबार, स्ववियु निर्वाचनमा सहकार्य

काठमाण्डु टुडे २०८१ फागुन २९ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, २९ फागुन–एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्ध निकै तिक्ततापूर्ण छ ।

दुई नेताबीचको सम्बन्ध यतिसम्म चिसो छ कि भेट हुँदा एकअर्काप्रति सामान्य आदरसमेत प्रकट गदैनन् । राजनीतिक संस्कार बिर्सिएर शब्द कोषमा भएका खराब शब्द खोजीखोजी एकअर्काविरुद्ध विष बमन गर्न पछि पर्दैनन् ।

ओलीले पटकपटक नेपालको दल विभाजन गर्ने गरी अध्यादेश ल्याउन जमर्को गरेका थिए । अध्यादेश ल्याउन सफल नभएपछि सो दल विभाजन गर्ने प्रावधानसहित राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने जमर्को गरिरहेका छन् ।

तर, आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ओली र नेपालको दलनिकट विद्याद्र्यी संगठनले तालमेल गरेका छन् ।
काटमाण्डू उपत्यकाभित्रका तीन र बाहिरका एक गरी चार क्याम्पसमा दुवै दलनिकट अनेरास्ववियुले चुनावी तालमेल गरेका हुन् ।

उत्पकाको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, रत्नराज्य र त्रिचन्द्र र मोरङको डिग्री क्याम्पसमा तालमेल गरिएको दुवै संगठनका नेताले बताएका छन् ।

चारमध्ये केन्द्रीय क्याम्पससहित तीन क्याम्पसको नेतृत्व एमालेनिकट अनेरास्ववियूले गर्ने र बाँकी सहायक पदहरुमा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले लिने सहमति उनीहरुको छ ।

मोरङस्थित डिग्री क्याम्पसको सभापति भनेएकीकृत समाजवादीनिकट अनेरास्ववियूको मागमा पेरको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us