काठमाण्डू, १ चैत– काठमाण्डूको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ ।
टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएका छन ।
पर्साको सखुवा प्रसौनी घर भएकी कँडेलको डेराबाट बुधवार दिउँसो चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएका छन । चोरीमा संलग्न आरोपीलाई प्रहरीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।