काठमाण्डू, २८ फागुन– सत्ता घटक दल एमालेको ललितपुरस्थित एमाले मुख्यालय च्यासलमा नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत आज धर्ना बसेका छन ।
आजबाट आन्दोलनरत शिक्षकहरुले राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका हुन । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन ।
फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो ।