रवि लामिछानेको सांसद् पद निलम्बन अनुचितः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद् पद अनुचित ढंगले निलम्बन गरिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाइै मंगलबार बोल्दै उनले लमिछानेको निलम्बनले लोकतन्त्रमाथिको जनआस्थामा पारेको प्रभावबारे बुझन सरकारमा रहेका दलहरुलाई आग्रह गरे ।

‘प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्बन गएिको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैं मूल्यांकन गर्नुस् । हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले विगतमा स्थापित गरिसकेका छौं’, उनले भने, ‘सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ । ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्धत गर्दैन यो कुरा पनि हेक्का रहोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us