नागरिक हामीसँग रिसाएका छन्, अहंकार नगरी संवाद गरौंः गगन थापा

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १५:२० मा प्रकाशित

काठमाण्डू, २७ फागुन– कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्तारुढ पार्टीहरुले जनताको असन्तुष्टि समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले २०६२र०६३ को जनआन्दोलनमा परिवर्तनकारी दलहरुलाई साथ दिएको नागरिक पंक्ति अहिले रिसाएको भन्दै उनीहरुसँग सार्थक संवाद हुनुपर्नेमा जोड दिए ।

थापाले जनताको असन्तोषलाई केही पनि होइन भन्ने अहंकार सत्तापक्षले राख्न नहुने स्पष्ट गरे । ‘जनता असन्तुष्ट छन् । त्यो असन्तुष्टिभित्र आक्रोश छ । यसलाई नजरअन्दाज गर्नु हुँदैन,’ थापाले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन । जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us