काठमाण्डु, १२ माघ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु नयाँ महाभारतको रचना गर्न लागेको बताएका छन् । व्यवस्थापिका संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल महाभारतको पाण्डवको हैसियतमा उभिएको भन्दै आधुनिक महाभारत रचना गर्ने बताए । ‘पहिलो महाभारतके कारण भयो, त्यो त...
काठमाण्डु, १२ माघ – व्यवस्थापिका संसदको पहिलो बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ । मंसिर चार गते निर्वाचन सम्पन्न भएपछि पहिलो पटक आइतबार संसद बैठक बसेको हो । पहिलो बैठकमा अहिले प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् । मन्त्रिपरिषदका अध्यक्ष खिलराज...
काठमाण्डु, १२ माघ – व्यवस्थापिका संसदको ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले यस अघि सपथ ग्रहणमा छुटेका तीन जना सभासदलाई सपथ गराएका छन् । व्यवस्थापिका संसदको सभामुख कार्यकक्षमा थापाले यस अघि छुटेका सभासदहरु प्रदीप गिरी, नारायण खड्का र वंशीधर मिश्रलाई सपथ ग्रहण गारएका हुन् । अरु...
काठमाण्डु, १२ माघ– नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति सुशील कोइराला विजयी भएका छन् । । दल नेताका लागि भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै कोइराला निर्वाचित भएका हुन् । १ सय ९४ मत खसेकामा कोइरालाका पक्षमा १ सय ५ मत खसेको...
काठमाण्डु, १२ माघ– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले शान्ति प्रक्रिया अझै सम्पन्न नभएको बताएका छन् । प्राविधिक रुपमा शान्तिप्रक्रिया टुंगोमा पुगिएको देखिए पनि वास्तविक रुपमा अझै अधुरो रहेको उनको भनाइ छ । पूर्व सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी श्रीमती नुडुपको एघारौं स्मृति दिवसको...
काठमाण्डु, १२ माघ–एकीकृत नेकपा माओवादीका पूर्व पोलिटव्युरो सदस्यहरुले संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बन्नुपर्ने बताएका छन् । आइतबार बसेको बैठकमा पूर्व पोलिटव्युरो सदस्यहरुले अध्यक्ष प्रचण्डलाई नै दलको नेता बन्न सुझाव दिएका हुन् । दलको नेता चयन लगायत विषयमा छलफल गर्न प्रचण्ड...
काठमाण्डु, १२ माघ–संविधानसभा निर्वाचन भएका दुई महिना पूरा भैसके पनि ठूला पार्टीले संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । अधिकांश दलमा दलको नेतालाई लिएर विवाद छ । दलको विवादबाट दोस्रो ठूलो दल नेकपा एमाले पनि अछुतो छैन । एमालेमा संसदीय दलको नेतामा चार...
काठमाण्डु, १२ माघ– शनिबार पोलियो थोपा खान छुटेका पाँच बर्ष मुनिका बालबालिकालाई आइतबार दोस्रो पनि खुवाइदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६८ जिल्लाका पाँच बर्ष मुनिका बालबालिकालाई शनिबार पोलियो थोपा खुवाएको थियो । १५ औं चरणको दोस्रो अभियानमा झण्डै ४२ लाख बालबालिकालाई पोलियो...
काठमाण्डु, १२ माघ– नेपाली काँग्रेस संसदीय दलको नेता चयनमा विवाद भएपछि केहीबेर स्थगित भएको मतदान प्रक्रिया फेरि शुरु भएको छ । एक सभासदले विद्युतीय मेसिनबाट मतदान गर्न नजानेपछि मतदान कार्य रोकिएको थियो । ...
काठमाण्डु, १२ माघ–धनुषा, कपिलबस्तु र चितवनमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा बा ५ च ६२ २२ नम्बरको टाटा सुमो अनियन्त्रित भई गएराति पानीको नहरमा खस्दा चालकको घट्नास्थलमै मृत्यु भएको छ ।...
चितवन, १२ माघ–शिक्षक आन्दोलनका कारण बन्द रहेका चितवनका नीजि विद्यलायहरु आइतबारबाट खुलेका छन् । जिल्ला शिक्षा कार्यालय चितवनमा शनिबार साँझ अवेरसम्म भएको छलफलमा आन्दोलनरत शिक्षकहरुका माग १५ दिनभित्र पुरा गराउने सहमति भएपछि विद्यालयहरुमा पढाइ शुरु भएको हो । विगतमा भएका सहमति कार्यान्वयन गर्न माग...
काठमाण्डु, १२ माघ– ‘भेदभावको अन्त्य र प्रभावितको पुनःस्थापना, कुष्ठरोग मुक्त समाज हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ आइतबार ६१ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि मनाईंदै छ । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले बिभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । नेपालले कुष्ठरोगलाई...