आईतवारदेखि समिति बैठकमा जान सभासद्लाई प्रचण्डको निर्देशन

काठमाण्डु टुडे २०७१ फागुन २३ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, २३ फागुन–एमाओवादी संसदीय दलका नेता एवम् अध्यक्ष प्रचण्डले आफ्नाprachanda सभासद्हरुलाई आईतवारदेखि संसदीय समितिका बैठकहरुमा जानका लागि निर्देशन दिएका छन् । संसदीय दलको शनिवार बसेको बैठकमा दलका नेता प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् ।

सत्तापक्षले जर्वजस्ती संविधान निमार्णको प्रकृया अगाडी बढाएको भन्दै एमाओवादी सहितको ३० दलीय मोर्चा आन्दोलनमा उत्रेपछि उनीहरुले संविधान सभाको बैठक मात्र होईन संसदीय समितिका बैठक पनि बहिष्कार गर्दै आएका थिए ।

शनिवारको दलको बैठकमा आफ्ना सभासद्लाई निर्देशन दिँदै प्रचण्डले भने,‘आइतवार यस विषयमा हामी मोर्चामा पनि छलफल गर्छौ, तपाईहरु आईृतवारवाट समितिका बैठकमा भाग लिन जानु होला ।’ त्यस्तै, बैठकमा प्रचण्डले सभासद्हरुलाई पछिल्लो समयमा सत्तापक्षसँग शुरु भएको वार्ता प्रकृयावारे अवगत गराएको सभासद् जेवी टुहुरेले काठमाण्डु पोष्ट डटकमलाई बताए । शनिवार विहान बालुवाटारमा बसेको बैठकमा सकरात्मक ढंगले कुरा अगाडी बढेको उल्लेख गर्दै प्रचण्डले चाँडै अर्को बैठक बसेर संविधानका अन्र्तबस्तुमा सहमति खोज्न प्रयत्न गरिने बताएका थिए ।

फागुन २६ गते सम्म सहमति जुटे राजनीति कोर्स सहमतिवाटै अगाडी बढ्ने भन्दै उनले त्यतिबेला सम्म पनि सत्तापक्ष इमान्दार भएन र सहमति जुटेन भने मोर्चाको बैठक बसेर नयाँ रणनीति अगाडी सारिने कुरा जानकारी गराउको पनि टुहुरेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us