समाचार

सिरहामा अनाथ बालबालिकाको बिचल्ली

२०७० माघ १३ गते ९:५९

सिरहा, १३ माघ – सिरहाको लहान–४ स्थित सगरमाथा अनाथालय बन्द हुने अवस्थामा पुगेपछि त्यहाँ रहेका बालबालिकाको बिचल्ली भएको छ । अनाथालय सञ्चालक लहान–२ का राजदेव महतोलाई ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेपछि त्यहाँ रहेका बालबालिका बिचल्लीमा परेका हुन् । अनाथालयमा विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा फेला...

सहमतीय सरकार बनाउन काँग्रेस–एमाले सहमत

२०७० माघ १३ गते ९:२५

काठमाण्डु, १३ माघ – संविधानसभाको पहिलो ठूलो दल नेपाली काँग्रेस र नेकपा एमाले सहमतिको सरकार गठन गर्न सहमत भएका छन् । राष्ट्रपति रामवरण यादवले एक साताभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरेपछि सोमबार भएको दुई ठूला दलको बैठकमा नेताहरुबीच यस्ताे सहमति भएको हो...

सहिद माथेमाप्रति श्रद्धाञ्जलि

२०७० माघ १३ गते ९:०३

काठमाण्डु, १३ माघ – सहिद सप्ताहअन्तर्गत सोमबार सहिद धर्मभक्त माथेमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ । काठमाण्डु महानगरपालिकाले सिफलमा आयोजना गरेको कार्यक्रममा सहिद माथेमाले अमरत्व प्राप्त गरेको स्मरणमासालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरिएको हो । तत्कालीन जहानियाँ राणा शासकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको...

प्रचण्डकै नेतृत्वमा संसदमा जाने सहमति

२०७० माघ १३ गते ८:२०

काठमाण्डु, १३ माघ– एकीकृत नेकपा माओवादी संसदीय दलको नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बन्ने सहमति भएको छ । सोमबार विहान बसेको पूर्वपोलिटब्युरो सदस्य र केन्द्रीय कार्यालयको संयुक्त बैठकमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा संविधानसभामा जाने सहमति भएको हो । पहिलो संविधानसभामा पनि प्रचण्ड नै...

शीतलहरका कारण विमानसेवा अवरुद्ध

२०७० माघ १३ गते ८:११

झापा, १३ माघ – पूर्वी तराईमा चार दिनदेखि व्यापकरुपमा जाडो बढेपछि जनजीवन प्रभावित हुनुका साथै बाक्लो हुस्सुका कारण विमान सेवासमेत अबरुद्ध भएको छ । जाडो अत्याधिक बढेपछि यसको प्रभाव सदरमुकाममा पनि परेको देखिन्छ । दैनिक कामकाजका लागि भद्रपुरस्थित सदरमुकाम आवतजावत गर्ने सेवाग्राहीहरु न्यूनरुपमा मात्रै...

चितवनमा तीन हजारभन्दा बढी बालश्रमिक

२०७० माघ १३ गते ८:००

चितवन, १३ माघ – चितवनमा रहेका बालश्रमिकमध्ये आधाभन्दा बढी घरेलु बालश्रमिकका रुपमा रहेको पाइएको छ । बालबालिकाको क्षेत्रमा दशकदेखि काम गर्दै आएको संस्था दियालो परिवार चितवनले गरेको एक अध्ययनमा जिल्लामा कुल तीन हजार ७७६ बालश्रमिक रहेकामा ५० प्रतिशत बढी घरेलु बालश्रमिकको रुपमा बालबालिका रहेका...

पर्वतको पाखापानी छुवाछूत मुक्त

२०७० माघ १३ गते ५:४९

फलेवास, १३ माघ– पर्वतको पाखापानी गाविसलाई छुवाछुत मुक्त घोषणा गरिएको छ । गाउँमा रहेको छुवाछूत प्रथालाई व्यवहारमा अन्त्य गर्ने उद्देश्यले स्थानीय दलित सञ्जालको पहलमा पाखापानीलाई छुवाछूतमुक्त गाविस घोषणा गरिएको हो । पाखापानी जिल्लाको दोस्रो छुवाछूतमुक्त गाविस हो । समतामूलक समाज निर्माण गर्ने उद्देश्यसँगै पाखापानी...

क्याम्पसमा विद्यार्थी तानातान

२०७० माघ १३ गते ३:५४

जाजरकोट, १३ माघ–जाजरकोट सदरमुकाममा रहेका दुईवटा क्याम्पसमा बिबिएस कक्षा सञ्चालन भएपछि विद्यार्थीहरु तानातानमा परेका छन् । यही वर्षमा मात्र सञ्चालनमा आएको बिबिएस कक्षा जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस र मालिका क्याम्पसमा सञ्चालन भएका छन् । मालिका क्याम्पस र भेरी ज्ञानोदय क्याम्पसमा कसले बढी विद्यार्थीलाई आफ्नो...

रोपवेको पाता लागेर मृत्यु

२०७० माघ १३ गते ३:५२

चितवन, १३ माघ-चितवनको चण्डीभञ्ज्याङमा निर्माण हुँदै गरेको रोपवेको पाताले लागेर एक चेपाङको मृत्यु भएको छ । ग्रामीण क्षेत्रमा तरकारी तथा खाद्यान्न ओसारपसारका लागि बनाउँदै गरिएको रोपवेको पाता लागेर स्थानीय २१ वर्षीय राम्जी चेपाङको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिन चितवनले जनाएको छ । चण्डीभञ्ज्याङ–६...

व्यवस्थापिका संसदमा ५ अध्यादेश पेश

२०७० माघ १३ गते ३:४२

काठमाण्डु, १३ माघ– व्यवस्थापिका संसदको बैठकमा सोमबार बिभिन्न पाँच अध्यादेश पेश भएका छन् । गृहमन्त्री माधव प्रसाद घिमिरेले दुई र अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एउटा अध्यादेश पेश गरेका हुन् । गृहमन्त्री घिमिरेले संविधानसभा निर्वाचन सम्बन्धी केही नेपाल ऐन संसोधन संबन्धी अध्यादेश २०६९, संविधानसभा सदस्य निर्वाचन...

एमालेमा वामदेव निर्णायक

२०७० माघ १३ गते ३:३९

काठमाण्डु, १३ माघ – एमालेको आन्तरिक शक्ति सन्तुलनमा यतिखेर उपाध्यक्ष वामदेव गौतम निर्णायक भूमिकामा देखिएका छन् । तत्काल चयन गर्नुपर्ने संसदीय दलको नेतादेखि आउँदो महाधिवशेनबाट को अध्यक्ष हुने भन्नेबारे निर्णय करिब गौतमको भूमिकाले निर्धारण गर्ने अवस्था छ । नेताहरूका अनुसार सर्वसम्मतिको प्रयास पनि जारी...

अन्तराष्ट्रिय चलचित्र महोत्सव काठमाण्डुमा

२०७० माघ १३ गते ३:३२

काठमाण्डु, १३ माघ–अन्तराष्ट्रिय चलचित्र महोत्सव सोमबारदेखि काठमाण्डुमा शुरु हुदै छ । नेपाल फिल्म सोसाइटीले आयोजना गरेको महोत्सव काठमाण्डको कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रमा हुने छ । पाँचदिने महोत्सवमा नेपाल, भारत, दक्षिण कोरिया, स्पेन, इजरायल, फ्रान्स, नर्वे, दक्षिण अफ्रीका र रुसका १० चलचित्र प्रदर्शन हुने छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us