समाचार

५२ बोरा सुपारी नियन्त्रणमा

२०७० माघ १७ गते ८:५८

सप्तरी, १७ माघ– सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले विहीबार राति सप्तरीको नर्घाेबाट भारततर्फ अवैध रुपमा लैजान खोजिएकोे ५२ बोरा सुपारी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक जगदीश पासवान र सशस्त्र बेस क्याम्प पातोका सशस्त्र प्रहरी निरीक्षक...

सामुदायिक विद्यालयलाई कम्युटर दिइने

२०७० माघ १७ गते ७:०५

भक्तपुर, माघ – सरकारले देशभरका सात हजार ३ सय ५९ माध्यमिक तहका सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गर्ने भएको छ । कम्प्युटर शिक्षाको पहुँच बढाउन तथा विद्यार्थीको सिकाइमा सहजता ल्याउन माध्यमिक तहको सामुदायिक विद्यालयमा पाँचवटाका दरले कम्प्युटर दिने भएको शिक्षा विभागले जानकारी दिएको छ ।...

चोरी सिकारी नियन्त्रणमा कर्मचारी

२०७० माघ १७ गते ६:१०

चितवन, १७ माघ – दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना फरक रणनीतिका साथ जुटेका छन् । विगतका वर्षहरुमा यस मौसममा चोरी सिकारी बढी हुने गरेको पाइएपछि माघको पहिलो सातादेखि अत्याधुनिक प्रविधिसहित चोरी सिकारी नियन्त्रण अभियान...

धौलागिरी अञ्चल खुला दिसामुक्त

२०७० माघ १७ गते ४:२४

बागलुङ, १७ माघ – धौलागिरि अञ्चललाई देशकै पहिलो खुला दिसामुक्त अञ्चल घोषणा गरिएको छ । बिहीबार अञ्चल सदरमुकाम बागलुङ बजारमा भएको एक विशेष समारोहबीच अञ्चललाई खुला दिसामुक्त अञ्चलका रुपमा घोषणा गरिएको हो । घोषणासभाको उद्घाटनपछि संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले अञ्चलको घोषणापश्चात्...

माओवादीमा पार्टी एकता बारे बहस

२०७० माघ १७ गते ४:०६

काठमाण्डु, माघ १७ – दुई माओवादीबीच एकीकरणप्रति केन्द्रित हुँदै हेटौंडा महाधिवेशनले बोकेका ‘लाइन’बारे बहस सुरु भएको छ । दोस्रो संविधानसभा चुनावमा अनपेक्षित हार बेहोरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी मिल्नुपर्ने प्रस्ताव नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यसँग राखेका थिए । दुवै पार्टीका केही नेताले अनौपचारिक रूपमा...

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन

२०७० माघ १७ गते २:४६

काठमाण्डु, १७ माघ – पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ । २०४७ सालको संविधानका प्रमुख मस्यौदाकारसमेत रहेका उपाध्यायको गए राति १२ बजे न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो । पाँच वर्षदेखि न्युरो अस्पतालको स्वास्थ्य निगरानीमा रहेका उपाध्यायलाई मस्तिष्काघात भएपछि...

डोल्पामा यातायात नहुनुको पीडा

२०७० माघ १७ गते २:०७

डोल्पा, १७ माघ – केन्द्रसम्मको पहुँचको हिसाबले सबैभन्दा दुर्गम मानिएको डोल्पा जिल्ला सडक सञ्जालले छुन नसकेको देशकै एक मात्र जिल्ला हो । यहाँ जिल्लाबाहिर आवतजावत गर्नका लागि हवाई यातायातमा निर्भर रहनु परेको छ । सामान्य स्वास्थ्य परीक्षण गर्नसमेत हवाई यातायत नै कुर्नुपर्ने बाध्यता भएकाले...

श्रीमानको हत्या गर्ने आमाछोरा पक्राउ

२०७० माघ १७ गते १:५४

विराटनगर, १७ माघ – छोरासँग मिलेर श्रीमानको हत्या गरी फरार भएका आमाछोरालाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरी यहाँ सार्वजनिक गरेको छ । विराटनगर–१ वेलगाछी टोलका ३५ वर्षीया सुशीला कामत र १७ वर्षीय विवेक कामतलाई जिल्ला प्रहरी कार्यालयमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको...

दुई सातामा एमाओवादीको डेढ सय बैठक

२०७० माघ १७ गते १:३६

काठमाण्डु, माघ – कुनै राजनीतिक पार्टीले दुई सातामा कति बैठक गर्न सक्ला ? एमाओवादीले त्यति अवधिमा करिब डेढ सय बैठक गरेको छ । यी बैठकबाट उसले संविधान निर्माण, राष्ट्रिय सम्मेलन र पार्टी निर्माणलगायत करिब एक दर्जन निर्णय गर्दै छ । बिहीबार पनि उसको बैठक...

कपिलवस्तुका शिक्षक अख्तियारको कारबाहीमा

२०७० माघ १७ गते १:१४

कपिलवस्तु, १७  माघ – कपिलवस्तुका १८१ जना शिक्षक जरिवानामा परेका छन् । उनीहरुले गत वर्षको भदौ मसान्तभित्र सम्पत्ति बिवरण नबुझाएकाले अख्तियारको छानबिनपछि कारबाही थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरुपमा हरेक आर्थिक वर्षको भदौ मसान्तभित्र...

अघिल्लो संविधानसभामा भएका निर्णयका स्वामित्व ग्रहण हुँदैन : कमल थापा

२०७० माघ १६ गते १२:२२

काठमाण्डु १६ माघ– राप्रपा नेपालले अघिल्लो संविधानसभाले गरेका निर्णको कुनै पनि हालतमा स्वामत्व ग्रहण गर्न नसकिने स्पष्ट पारेको छ । काठमाण्डुमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले कुनै पनि हालतमा अघिल्लो संविधानसभाको निर्णय स्विकार्न नसकिने स्पष्ट पारेको हो । राप्रपा नेपालले सरकारमा नजाने र संविधान निर्माण...

एमाले संससदीय दलको नेताको निर्वाचन २१ गते

२०७० माघ १६ गते ११:३४

काठमाण्डु, १६ माघ– नेकपा एमालेले आउँदो २१ गते संसदीय दलको निर्वाचन गर्ने भएको छ । विहीबार बसेको स्थायी समिति बैठकले २० गते बस्ने केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न नसके २१ गते चुनाव गर्ने निर्णय गरेको एमाले सचिव शंकर पोखरेलले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us