समाचार

सहमति नभए एसएलसीपछि ३० दलीय मोर्चाले बन्द र हड्ताल गर्ने

२०७१ फागुन २६ गते १२:५१

काठमाण्डु, २६ फागुन– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सहमतिको लागि ३० गतेसम्म पर्खने भएको छ । यसअघि वार्ता र सहमतिको लागि २५ गतेसम्म मात्र पर्खने र २६ गते आन्दोलनको घोषणा गर्ने बताएको ३० दलीय मोर्चाको मंगलबार सिंहदरवारमा बसेको बैठकले केही दिन अझै पर्खने निर्णय...

निगमको जहाजमा समस्या आएपछि उडान अवरुद्ध

२०७१ फागुन २६ गते १२:२९

काठमाण्डु,२६ फागुन- नेपाल वायु सेवा निगमको जहाजमा समस्या आएपछि उडान अवरुद्ध भएको छ । एक महिना पहिले ल्याइएको निगमको एयरबसमा प्राविधिक समस्या उत्पन्न भएपछि उडान गर्न नसकिएको हो । निगमका प्रवक्ता रामहरि शर्माले दिएको जानकारीअनुसार गम्भीर प्राविधिक समस्या उत्पन्न भएपछि मंगलबारको उडान नभएको बताए...

किन ढिला हुँदैछ विद्युत प्रसारणलाइन गुरुयोजना निर्माण गर्न ?

२०७१ फागुन २६ गते ११:४६

काठमाण्डु,२६ फागुन- नेपाल–भारत विद्युत् प्रसारण लाइन तथा व्यापार परियोजना कार्यान्वयन भइरहेको सन्दर्भमा मंगलबार राजधानीमा प्रसारण लाइन गुरु योजना तयारी कार्यशालाको आयोजना गरियो । विश्व बैंकको आर्थिक सहयोगमा इलेक्ट्रिसिटी डि फ्रान्स नामक परामर्शदाता कम्पनीले आयोजना गरेको एकदिने कार्यशालाको उद्घाटन गर्दै ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीले...

बलात्कृत बालिकाको शव बोकेर बारामा उत्रियो जनलहर

२०७१ फागुन २६ गते ११:४४

बारा, २६ फागुन– बलात्कृत बालिकाको शवसहित बेटी बचाउ संघर्ष समितिले बाराको कलैयामा प्रदर्शन गरेको छ । फागुन ९ गते कलैयाको मदर्शा टोलमा बलात्कार पछि अचेत अवस्थामा फेला परेकी कलैया–८ की ६ वर्षीया बालिाकाको काठमाण्डुको कान्ति बाल अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको थियो। दाह...

कोइराला क्याम्पबाट यसरी आउट भए सिटौला

२०७१ फागुन २६ गते १०:५५

काठमाण्डु, २६ फागुन– प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाबीच सम्बन्ध चिसिएको छ । सहमति वा प्रक्रियाबाट संविधान जारी गर्ने भन्ने विवादले दुई नेताबीचको दूरी बढेको हो । स्रोतका अनुसार प्रधानमन्त्री कोइराला एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई समेत विश्वासमा लिएर संविधान जारी...

म्याद सकिएको औषधी विद्यार्थीलाई खुवाएपछि

२०७१ फागुन २६ गते १०:४०

झापा,२६ फागुन- झापाको चन्द्रगढीस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका ५ सय विद्यार्थीलाई म्याद गुज्रिएको हात्तीपाइले रोगको औषधि सेवन गराइएको पाइएको छ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत पुहातुवारी स्वास्थ्य चौकीद्वारा वितरित हात्तीपाइले रोगको औषधिको उपभोग्य मिति सन् २०१३ डिसेम्बरमात्र उल्लेख भएको पाइएसँगै...

स्वायत्त प्रदेशहरुको नाम जातिय संस्कृतिसँग जोडेर राख्नु उपयुक्तः संविधानविदहरु

२०७१ फागुन २६ गते १०:२४

काठमाण्डु,२६ फागुन– मुलुकका ठूला दलहरु संघीयता र शासकीय स्वरुप लगायतका विषयमा भिन्न मत राख्दै आरोप प्रत्यारोपमा उत्रिरहेका बेला संवैधानिक कानुनका विज्ञहरुले नयाँ सल्लाह दिएका छन् । जातीय पहिचान, भूगोल लगायतका विषयमा बहस भैरहेका बेला उनीहरुले त्यसको साटो नयाँ बाटो तय गरेर पनि जान सकिने...

उपचारका लागि अस्पताल पुर्याइएका कैदी फरार

२०७१ फागुन २६ गते १०:१४

काठमाण्डु, २६ फागुन– त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा उपचारका लागि पुर्याइएका एक कैदी फरार भएका छन्। डिल्लीबजारस्थित सदर कारागारबाट उपचारका लागि त्रिपुरेश्वर अस्पताल पुर्याइएका कैदी पासाङ शेर्पा प्रहरीलाई छक्याएर भागेको प्रहरीले जनाएको छ। लागू औषध कारोबारको मुद्दामा कारागारमा रहेका उनको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ।...

इलाममा एकैदिन दुइजनाले गरे आत्महत्या

२०७१ फागुन २६ गते ९:४६

इलाम,२६ फागुन– इलाममा एकै दिनमा दुई जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा इलाम गोदक–६ घर भई हाल इनपा–६ स्थित तिलकेनीमा दिदीको घरमा बसेर अध्ययन गर्दै गरेकी २० वर्षीया सिर्जना गजमेर र इनपा–५ का अन्दाजी ४०र४५ वर्षका सानबहादुर भण्डारी छन् । मृतक युवतीसहित ती...

रौतहटमा आगलागी, ८ घर जलेर नष्ट, लाखौँको क्षति

२०७१ फागुन २६ गते ९:४२

रौतहट, २६ फागुन– रौतहटमा मंगलबार आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । रौतहटको गंगापिप्रा गाविस–९ मा दिउँसो १२ बजे स्थानीय जोगेन्द्र पासवानको घरबाट सल्कीएको आगोले अन्य आठ घरसमेत जलेका हुन् । आगलागीमा झण्डै १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।...

क्यासिनो साङ्ग्रीलाका मजदुरद्वारा तत्काल बहालीको माग

२०७१ फागुन २६ गते ८:५६

काठमाण्डु,२६ फागुन– अठार महिनादेखि आन्दोलनरत क्यासिनो साङ्ग्रीलाका पीडित मजदुरहरुले तत्काल बाहली गर्नुपर्ने माग गरेका छन् । क्यासिनो साङ्ग्रीला मजदुर सङ्घर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गरी स्टार क्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित उक्त क्यासिनो बहालीको माग गरेका हुन । उनिहरुले आफूहरुलाई विनाकारण निष्कासन गरेको भन्दै क्यासिनो बहालीको...

राष्ट्रपतिले प्रचण्डलाई भने,‘आन्दोलनकारी शक्ति मिलेर जाऊ’

२०७१ फागुन २६ गते ८:४६

काठमाण्डु,२६ फागुन– राष्ट्रपति रामवरण यादवले आन्दोलनकारी शक्ति मिलेर सहमतिका आधारमा संविधान निर्माण गर्ने वातावरण बनाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । आन्दोलनकारी शक्तिका बीचमा संवाद र सहमतिको आवश्यकता रहेकामा जोड दिँदै राष्ट्रपति यादवले यतिखेर आन्दोलनले कोही कसैको हित नगर्नेमा अध्यक्ष प्रचण्डलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us