समाचार

६ वर्षीय बालिका बलात्कार गर्नेलाई आजीवन काराबासको माग

२०७१ फागुन २५ गते १०:२७

काठमाण्डु, २५ फागुन– संयूक्त महिला संघले बाराको कलैया–८ कि ६ वर्षीया नाबालिका पुजा साहको बलात्कार गर्ने अपराधीहरुलाई सर्वस्वसहित आजीवन कारावासको माग गरेको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उपस्थिति विभिन्न दलका महिला नेतृहरुले बलात्कारपछि निधन भएकी नावालिकाका आफन्तलाई क्षतीपूर्ति दिन सरकारसँग...

लोपोन्मुख लिङे्मा नाच संरक्षणमा जुट्दै महिला

२०७१ फागुन २५ गते १०:१७

गोरखा,२५ फागुन- गोरखाको पर्यटकीय गाउँ बारपाकका महिलाले लोपोन्मुख लिङे्मा नाच संरक्षण अभियान थालेका छन् । बारीमा कोदो रोप्नुअघि बारपाकीले लिङे्मा नाच्छन् । आफ्नो संस्कृति भावी पुस्तालाई देखाउनका लागि लोपोन्मुख लिङे्ेमा नाच संरक्षणको अभियान थालेको स्थानिय तारा घलेले बताइन् । महिला र पुरुष दुबै भएर...

एउटै पार्टीमा बाउ अध्यक्ष, छोरा प्रवक्ता

२०७१ फागुन २५ गते १०:११

काठमाण्डु, २५ फागुन– कमल थापाले आफ्नै भाई गणेश थापालाई मन्त्री बनाउन खोजेको आरोप सहित पद्मसुन्दर लावती सहितका असन्तुष्टहरुले राप्रपा नेपाल को समानान्तर केन्द्रिय कार्यसमिति घोषणा गरेका छन् । तर अचम्म त्यहि पार्टीमा बाऊ अध्यक्ष छन् भने छोरालाई प्रवक्ता बनाईएको छ । सोमवार घोषणा गरिएको...

जेठ १५ मै संविधान जारी गर्न अधिकतम सहमति हुनुपर्छः नेपाल

२०७१ फागुन २५ गते १०:०१

नेपालगन्ज,२५ फागुन- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा संविधान जारी गर्न दलहरुबीच अधिकतम सहमति हुनुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी,बाँकेद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र जातीय तथा धार्मिक सद्भाव नबिथोलिने गरी...

को–को छन् राप्रपामा लावतीका नयाँ केन्द्रीय सदस्य ? (नाम र पदसहित)

२०७१ फागुन २५ गते ९:४४

काठमाण्डु, २५ फागुन– आफूहरुको सदाशयता र धैर्यताका बाबजुद अध्यक्ष कमल थापा नसच्चिने प्रष्ट भएको भन्दै राप्रपा नेपालको असन्तुष्ट पक्षले छुट्टै राप्रपा नेपाल समानान्तर केन्द्रीय कार्य समिति गठन गरेको छ । सोमबार प्रेस विज्ञप्ती जारी गर्दै भनिएको छ, ‘सुदृढीकरण अभियान विघटन गरी समानान्तर रुपमा पार्टी संचालनमा...

ब्रिटिस लाहुरेको मोह त्यागी बंगुरपालन व्यवसाय

२०७१ फागुन २५ गते ९:२८

भद्रपुर,२४ फागुन- करिब ३५ वर्ष बेलायतमा सेनाको जागिर खाएर फर्केका झापाका विजय सुब्बाले स्वदेशमै बङ्गुरपालन व्यवसाय थालेका छन् । झापा तोपगाछी गाविस–७ केर्खाका सुब्बाले स्वदेशमै बसेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने धेयले बङ्गुरपालन व्यसाय सुरु गरेका हुन् । उनले ९० लाख लगानी गरी कञ्जनजङ्घा...

कोइरालाले भने,‘माघ ८ मा संविधान जारी गर्न नसकेपनि फेल भएका छैनौ’

२०७१ फागुन २५ गते ९:२६

काठमाण्डु,२५ फागुन- प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मा संविधान जारी हुन नसके पनि दलहरु भने असफल नभएको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)  को काठमाडौँमा निर्माण हुन लागेको कार्यालय भवनको सोमबार शिल्यान्यास गर्दै उनले सो कुरा बताएका हुन् । कोइरालाले भने, दलहरु संविधान...

रोटी खाँदा ६ जनाको ज्यान गएपछि पुरै गाँउ शोकमा

२०७१ फागुन २५ गते ९:२४

काठमाण्डु, २५ फागुन– धादिङमा विषाक्त गहुँको रोटी खाँदा एकै परिवारका छ जनाको ज्यान गएको छ । छ जनाको नपत्याउदो रुपमा ज्यान गएपछि यतीबेला गाँउ नै शोकमा डुबेको छ । पीडा गाविसमा किराले खान्छ भनि विषमा मोलेर गहुँ राखेको र बीऊका लागि प्रयोग गरी बचेको...

राप्रपा नेपालका असन्तुष्ट लावतीले बनाए छुट्टै जम्बो केन्द्रीय समिति

२०७१ फागुन २५ गते ८:५७

काठमाण्डु, २५ फागुन– विगत लामो समयदेखि बिवादमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अन्ततः दुई भागमा विभाजन भएको छ । राप्रपाका अध्यक्ष कमल थापासँग असन्तुष्ट पद्धमसुन्दर लावती नेतृत्वको समूहले अलग्गै केन्द्रीय समिति घोषण गरेपछि राप्रपामा फुटको अवस्था आएको हो । लावती समूहले सोमबार राजधनीमा पत्रकार...

विद्यार्थीद्वारा शिक्षक सेवा आयोग घेराउ

२०७१ फागुन २५ गते ८:४३

भक्तपुर,२५ फागुन– शिक्षा सङ्कायमा अध्ययनरत विद्यार्थीले सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै सोमबार सानोठिमीस्थित शिक्षक सेवा आयोग घेराउ गरेका छन् । सरकारले शिक्षा सङ्कायबाहेक अन्य सङ्काय अध्ययन गरेकालाई पनि शिक्षक अध्यापन अनुमतिपत्र दिन गरेको व्यवस्था तत्काल खारेज गर्न माग गर्दै विद्यार्थीले आयोग कार्यालय बिहान...

प्रधानसेनापति जबरा बङ्गलादेश भ्रमणमा जाँदै

२०७१ फागुन २५ गते ८:०४

काठमाण्डु,२५ फागुन- प्रधानसेनापति गौरवशमशेर जबरा मित्रराष्ट्र बङ्गलादेशको चारदिने औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् । त्यहाँका सेना प्रमुख इकवाल करिम भूइयानको निमन्त्रणामा प्रधानसेनापति जबराले बङ्गलादेशको भ्रमण गर्न लागेका हुन् । प्रधानसेनापतिले भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदसँग शिष्टाचार भेट गर्ने सैनिक जनसम्पर्क...

मनरामा जंगली कुकुरको आतंक बढेपछि

२०७१ फागुन २५ गते ७:४३

गौशाला,२५ फागुन- महोत्तरीको मनरा गाविसमा जङ्गली कुकुरको एक समूहले स्थानीय २० भन्दा बढी खसी बाख्रा मारेका छन् । दशरबाह्र वटाको समूहमा आएको ती कुकुरले मनराको वडा नम्बर ५,६,७ र ८ का २० भन्दा बढी खसीबाख्रा तथा पाठापाठी मारेको स्थानीय रवीन्द्र भगतले बताए । यसअघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us