काठमाण्डु, २१ माघ – व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिले आउँदो २७ गते प्रधानमन्त्रीको निर्वाचन गर्न सिफरिस गरेको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारका लागि चुनाव गर्न सभामुखलाई सुझाव दिएको संसद सचिवालयका प्रवक्त मुकुन्द शर्माले काठमाण्डु टुडेलाई जानकारी दिए । राष्ट्रपतिले सहमतीय...
चितवन, २१ माघ – चितवनको जगतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गाउँका साथीहरुसँगै राप्ती नदी किनारमा खर काट्न गएका गुञ्जानगर–७ जीतपुरका अन्दाजी ४३ वर्षीय एकबहादुर तामाङलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ...
काठमाण्डु, २१ माघ – आज श्रीपञ्चमी । देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनार्इंदै छ । विशेष गरी नेपाल र पूर्वी भारतमा धार्मिक आस्थापूर्वक सरस्वतीको पूजा गरिँदैछ । आजकै दिनबाट बसन्त ऋतुको सुभारम्भ हुने भएकाले यसलाई बसन्त पञ्चमी पनि भन्ने चलन छ ।...
पर्सा, २१ माघ – मर्मत सम्भारको अभावमा दशकौँदेखि बन्द रहेको वीरगन्जको घण्टाघर पुनः सञ्चालनमा आउने भएको छ । घण्टाघरको मर्मत सम्भार तथा रेखदेखको जिम्मेवारी पाएको नेपाल टेलिकमले बन्द रहेको घण्टाघरको घडी मर्मत सम्भारको सम्पूर्ण कार्य पूरा गरेकाले अबको दुई दिनमा घडी चल्ने पक्का भएको...
भक्तपुर, २१ माघ – विगतका वर्षहरुमा हचुवाका भरमा सम्बन्धन दिँदै आएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अब संस्था सम्बन्धन दिनका लागि मापदण्ड निर्माण गर्ने भएको छ । विगतका सदस्य सचिवहरुका पालामा कुन स्थानमा कुन विषयको आवश्यकता छ भन्ने मूल्याङ्कनसमेत नगरी पहुँच र...
काठमाण्डु, २१ माघ – नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा बहुमतीय सरकार गठन प्रस्ताव गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा अन्तरिम संविधानको धारा ३८ दुई बमोजिम सभापति कोइरालाकै नेतृत्वमा सहमतीय सरकार बनाउने प्रस्ताव भएको हो । ‘कानुन अनुसार...
काठमाण्डु, २१ माघ – नेकपा एमालेले मंगलबार पार्टी संसदीय दलको नेता चयन गर्दैछ । सकेसम्म सहमतिबाट र नभए मतदान प्रक्रियाबाट दलको नेता चयन गर्ने एमालेले जनाएको छ । बिहान ११ बजे केन्द्रीय समिति बैठक बसेर सहमतिका लागि अन्तिम प्रयास गर्ने एमालेका एक नेताले जानकारी...
कैलाली, २१ माघ – भारतबाट सामान किनेर नेपाल भित्रिने नेपालीबाट गौरीफन्टा सीमा नाकामा भारतीय प्रहरीले मनोमानी रुपले पैसा असुलिरहेका छन् । भारतीय बजार गौरीफन्टा र पलियालगायत आसपासका बजारबाट दैनिक उपभोग्य सामान किनमेल गरेर आउने क्रममा सीमा नाकामा बस्ने भारतीय प्रहरीले मनोमानी पैसा असुल्ने गरेको...
काठमाण्डु, २१ माघ – सरकारले जैविक विविधता रणनीति तथा कार्ययोजना बनाउने भएको छ । जैविक विविधताको संरक्षण तथा दिगो सदुपयोगमार्फत जनताको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले जैविक विविधता रणनीति लागू गर्न लागेको वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कार्ययोजना सहितको सो रणनीति...
बुटवल, २० माघ – शाक्यमुनि सिद्धार्थ गौतमको मावली क्षेत्र अनुमान गरिएको रूपन्देहीको केरवानी गाविस ७ स्थित भवानीपुर र देवदह गाविसको कन्यामाईको लगातार तीन पटकसम्मको उत्खननबाट बुद्धकालीन कुनै प्रमाण फेला पर्न सकिएको छैन । ऐेतिहासिक तथा पुरातात्विक सम्पदा रहेको अनुमान गरिएको भवानीपुरमा पुरातत्व विभागले बुद्धकालीन...
काठमाण्डु, २० माघ – अनाथ टुहुरा र असहाय बालबालिकालाई शिक्षा दिन र तिनको हेरचाहका लागि आर्थिक स्रोत जुटाउन सोलुखुम्बुका कामे मगर सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । आफैंरक्त क्यान्सरबाट पीडित भई हाल स्वस्थ रहेका मगरले असहाय बालबालिकाको अवस्थाप्रति समाज र राष्ट्रको ध्यान आकृष्ट गर्न...
काठमाण्डु, २० माघ – महिला अधिकारसम्बन्धी थुप्रै सन्धिहरुमा नेपालले नीतिगत रुपमा सहमति जनाए पनि त्यसको व्यावहारिक कार्यान्वयन पक्ष फितलो रहेकोमा विभिन्न राजनीतिक दल सम्बद्ध महिला नेत्री तथा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । अन्तरपार्टी महिला सञ्जालले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालद्वारा अनुमोदित अन्तर्राष्ट्रिय सन्धि,...