काठमाण्डु, २३ फागुन– लामो समयदेखिको राजनीतिक गतिरोध टोड्दै प्रमुख दलहरु आज औपचारिक वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले सहमतीय प्रक्रियालाई अगाडि बढाउने मौखिक प्रतिवद्धता जनाएपछि विपक्षी एमाओवादी मोर्चा वार्तामा बस्न तयार भएको हो । यसअधि एमाओवादी मोर्चाले सत्तारुढ दलले सहमतीय प्रक्रिया छोडेर...
मोरङ, २३ फागुन – मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मेडिकल स्टोरमा १० महिनाअघि सकिएको औषधि अहिलेसम्म आयात हुन सकेको छैन । सरकारले अस्पताल र स्वास्थ्य केन्द्रमा विभिन्न प्रकारका ७० प्रकारका औषधि उपलब्ध गराउने घोषणा गरेको थियो । तर हाल कोसी अञ्चल अस्पतालमा उत्पादन मिति...
काठमाण्डु, २३ फागुन– बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको टर्किज एयरलायन्सको विमान धावन मार्गबाट निकाल्न भारतीय एयर फोर्स असफल भएको छ । तीनदिनको निरन्तर प्रयासपछि पनि भारतीय सेनाले विमान धावन मार्गबाट निकाल्न नसकेपछि विमान निकाल्नका लागि टर्कीबाटै प्राविधिक टोली आउने भएको छ । सो...
चितवन, २३ फागुन – चितवनको भरतपुर– २ स्थित क्षेत्रपुरमा रहेको कालिका कन्स्ट्रक्सनमा काम गर्ने एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । कन्स्ट्रक्सनको साइडमा काम गर्ने बाँके कञ्चनपुर घर भएका ३८ वर्षीय खिमबहादुर गिरीको करेन्ट लागेर हिजो मृत्यु भएको हो । बलेरो गाडी धुने...
इटहरी, २३ फागुन– लामो समयदेखि जिल्ला अदालत सुनसरीमा विभिन्न अपराधअन्तर्गत परेका मुद्दाका अभियोगीका विरुद्धमा कारबाही चलेर आदेशबमोजिम कारबाही ठेकिएकालाई सर्वोच्च अदालतले चालेको अभियानले सफलता प्राप्त गरिरहेको छ । जिल्ला अदालत सुनसरीमा विभिन्न समयमा भएका फैसलाअनुसार कैद भुक्तानसँगै नगद असुलउपर गर्ने गरी भएको...
खोटाङ, २३ फागुन – सुरक्षित आप्रवासन परियोजना जिल्लामा वैदेशिक रोजगारसम्बन्धी सडक नाटक प्रदर्शन सुरु गरेको छ । वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धीमूलक र भरपर्दो बनाउन सचेतना फैलाउने उद्देश्यले परियोजनाले ‘कथा विदेशको’ नामक सडक नाटक प्रदर्शन सुरु गरेको हो । जिल्लाको हौंचुर, जालपा, माक्पा, ऐसेलुखर्क,...
कपिलवस्तु, २३ फागुन – गैर न्यायिक हत्या, यातना र विस्थापित बने पनि द्वन्द्व पीडित सूचीमा नपरेका पीडितले न्याय निवारणका लागि द्वन्द्व पीडितसरह सरकारी मान्यता पाउनुपर्ने माग गरेका छन् । माओवादी द्वन्द्वकालीन सयममा र विस्तृत शान्ति सम्झौतापछि राज्य र माओवादी प्रतिकारमा परी पीडित बनेकाले...
काठमाण्डु, १२ फागुन– उद्योगमन्त्री महेश बस्नेतले एकीकृत माओवादीले आफ्नो पार्टी र सत्तारुढ गठबन्धनभित्र फुट ल्याउन खोजेको आरोप लगाएका छन् । युवा संघको आगामी चैत पहिलो साता हेटौंडामा हुने गर्न लागेको राष्ट्रिय युवा परिषद् बैठकबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित गरेको पत्रकार सम्मेलनमा उनले वार्ताका...
काठमाण्डु, २२ फागुन– पूर्वप्रधानमन्त्री एवम् राप्रपा नेता सूर्यबहादुर थापाले प्रमुख दलका शीर्ष नेताको भेला गराएका छन् । थापाले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधव नेपाल तथा फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, फोरम नेपालका...
काठमाण्डु, २२ फागुन –एमाले भातृ संगठन युवासंघका पुर्व अध्यक्ष तथा उद्योग मन्त्री महेश बस्नेतलले दिलु पन्त लयागतका असन्तुष्ट पक्षका नेताहरुलाई कार्वाही गर्न निर्देशन दिएका छन् । वस्नेत निकट संघले विधी– विधान मिचेको आरोप लगाउँदै असन्तुष्ट पक्षले केही साता अघि नै पन्तको संयोजकतत्व समानान्तर कमिटी...
काठमाण्डु,२२ फागुन- सरकारले तोकेको नयाँ भाडादर कार्यान्वयन गराउनका लागि ‘खुद्रा पैसा’ बाधक भएको यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका बाहिर निश्चित रुपैयाँमा भाडादर कायम गर्दा कार्यान्वयनमा समस्या नभएपनि उपत्यकामा भने खुद्रा पैसाका कारण पनि भाडादर कार्यान्वयनका लागि समस्या भएको विभागले जनाएको हो ।...
काठमाण्डु, २२ फागुन– सरकारले भारतमा मूल्य वृद्धि भएको कारण देखाउँदै पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगम सञ्चालक समिति बैठकले अन्तर्राष्ट्रिय बजारमा बढेको भन्दै पेट्रोलियमको भाउ बढाएको हो ।...