करेन्ट लागेर कालिका कन्स्ट्रक्सनका कर्मचारीको मृत्यु

काठमाण्डु टुडे २०७१ फागुन २३ गते २:४९ मा प्रकाशित

चितवन, २३ फागुन – चितवनको भरतपुर– २ स्थित क्षेत्रपुरमा रहेको कालिका कन्स्ट्रक्सनमा काम गर्ने एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।  कन्स्ट्रक्सनको साइडमा काम गर्ने बाँके कञ्चनपुर घर भएका  ३८ वर्षीय खिमबहादुर गिरीको करेन्ट लागेर हिजो मृत्यु भएको हो ।

बलेरो गाडी धुने क्रममा तारमा विद्युत् सर्ट हुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us