धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्कियो, ८ जना घाइते

काठमाण्डु टुडे २०८३ असार २७ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, २७ असार– धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटनामा परेको छ ।

मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान अन्दाजी ०६ः२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार ५ जना तथा अर्को गाडीमा सवार ३ जना गरी ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सवैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया, धनुषा पठाइएको र घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us