समाचार

माथिल्लो तामाकोसी सेयर विवादमा सर्वोच्चको कारण देखाउ आदेश

२०७१ फागुन २२ गते १२:४१

काठमाण्डु, २२ फागुन – माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाका लागि सेयर बाँडफाँडमा रामेछापवासीलाई समावेश नगर्नुको कारण पेस गर्न आज सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । अग्राधिकार दिइ इजलास समक्ष पेस गर्न न्यायाधीश गिरिशचन्द लालको एकल इजलासले जारी गरेको सो आदेशमा अन्तरिम आदेश...

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२०७१ फागुन २२ गते १२:०१

   पोखरा, २२ फागुन – कास्कीको सराङ्कोटमा भएको बस दुर्घटनामा परी मृत्यु हुने यात्रुको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते कास्कीकोटकी ५५ वर्षीया भीमा केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग १ ख...

शासकीय स्वरुपमा नोट अफ डिसेन्ट लेख्न तयार छौ: सापकोटा

२०७१ फागुन २२ गते ११:३७

 काठमाण्डु , २२ फागुन । एमाओवादीका नेता अग्नीप्रसाद सापकोटाले सुनसरी, मोरङ्ग, झापा, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा देखिएको विवाद समाधान गर्न आफूहरु जनताको सुझाव लिन तयार भएको स्पष्ट पार्दै सहमतिको लागि शासकीय स्वरुपमा रहेको विवादमा समेत नोट अफ डिसेन्ट लेखेर जान तयार रहेको बताए । शुक्रवार...

बिज्ञवाट संविधानको मस्यौदा बनाउन विश्लेषक ओझाको सुझाव

२०७१ फागुन २२ गते ११:२५

 काठमाण्डु , २२ फागुन– राजनीतिक बिश्लेषक राजेन्द्रप्रसाद ओझाले सहमतिमा नयाँ संविधान जारी गर्न विज्ञ समूहबाट मस्यौदा निर्माण गरि प्रमुख दलहरुवीच सहमति गरेर जारी गर्ने विधी अख्तियार गर्नुपर्ने सुझाव दिएका छन । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले संविधानका विवादित विषयहरुमा सहमति गर्न दलहरुलाई...

केपी ओलीको गतिविधिले ज्ञानेन्द्र सल्बलाएः प्रचण्ड

२०७१ फागुन २२ गते ११:०६

काठमाण्डु, २२ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओलीको गतिविधिका कारण पूर्वराजा ज्ञानेन्द्र शाह सल्बलाएको आरोप लगाएका छन् । आफ्नै निवास लाजिम्पाटमा शुक्रबार काठमाण्डु टुडेसँग कुरा गर्दै ओलीकै कारण राजनीतिक उपलब्धी धरापमा परेको आरोप लगाए । उनले ओली १२ बुँदे सहमतिबाट...

ओलीका कार्यक्रम पिएलाई नै थाहा हुँदैन

२०७१ फागुन २२ गते १०:०७

ओलीका पिए रमेश आचार्य   काठमाण्डु, २२ फागुन–एमाले अध्यक्ष केपी ओली नेपालका समकालीन नेताहरुमध्ये समयका हिसावले सबैभन्दा अव्यवस्थित नेता मानिन्छन् । कार्यक्रममा तोकिएको समय भन्दा एक÷दुइ घण्टा ढीला जानु उनको सामान्य विशेषता हो । अरु आयोजक भएका कार्यक्रम मात्र होईन, आफैले डाकेको पार्टीको स्थायी...

कोइरालाले भने, ‘बुद्धको जन्मभूमिमा हिंसाको कुरा नगर’

२०७१ फागुन २२ गते ९:४८

काठमाण्डु,२२ फागुन- प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा अहिले सत्य,शान्ति र अहिंसाको आवश्यकता रहेकाले बौद्ध धर्मावलम्बीलाई शान्ति र अहिंसाको सन्देश फैलाउन आग्रह गर्नुभएको छ । बौद्ध धर्मका प्रसिद्ध तीर्थस्थलको भ्रमणपछि भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पदाधिकारी एवम् धर्मगुरुसँगको भेटमा...

अन्तर्राष्ट्रिय उडान शनिबार बिहान १० बजेसम्म स्थगित

२०७१ फागुन २२ गते ९:२२

काठमाण्डु, २२ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन अझै समय लाग्ने भन्दै शनिबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । बुधबार टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन थप समय...

भारतीय सेनाको जहाज ल्याउनु ‘राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हेलचेक्य्राईंः वैद्य माओवादी

२०७१ फागुन २२ गते ८:५५

काठमाण्डु, २२ फागुन– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउन भारतीय वायु सेनाको विमान ल्याइकामा आपत्ति जनाएको छ । प्रवक्ता प्रम्फा भुसालद्वारा शुक्रबार जारी विज्ञप्तिमा आन्तरिक साधनहरुको प्रयोग गर्नुको साटो विमान पन्धाउने बहानामा छिमेकी देशको सैनिक विमान ल्याइएको...

हात्तीपाइलेको उच्च जोखिमा भक्तपुर नगरक्षेत्र

२०७१ फागुन २२ गते ८:५२

भक्तपुर,२२ फागुन- सरकारले हात्तीपाइलेविरुद्धको औषधि खुवाउन सुरु गरेको ६ वर्ष बितेपनि प्रभावकारी नहुँदा भक्तपुर हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दिनेशकुमार चापागार्इंले भक्तपुर नगरक्षेत्र हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जानकारी...

मलेसियामा ३८ वर्षीय संग्रौलाको मृत्यु

२०७१ फागुन २२ गते ८:२९

झापा,२२ फागुन- दुई वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका झापा बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलका ३८ वर्षीय जीवन सङ्ग्रौलाको शुक्रबार बिहान मृत्यु भएको छ । मलेसियामा सञ्चालित लब इन कम्पनीमा चौकीदारका रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले...

काँग्रेसको गणेशमान बलिदानी अभियान पाल्पामा

२०७१ फागुन २२ गते ८:२०

पाल्पा,२२ फागुन- नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित ‘गणेशमान बलिदानी अभियान’शुक्रबार पाल्पा प्रवेश गरेको छ । लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा सो अभियान चलाइएको हो । अभियानलाई काँग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेलले अभियानको नेतृत्व गरेका छन् । अभियानमा नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us