बिज्ञवाट संविधानको मस्यौदा बनाउन विश्लेषक ओझाको सुझाव

काठमाण्डु टुडे २०७१ फागुन २२ गते ११:२५ मा प्रकाशित

Nepal 2 काठमाण्डु , २२ फागुन– राजनीतिक बिश्लेषक राजेन्द्रप्रसाद ओझाले सहमतिमा नयाँ संविधान जारी गर्न विज्ञ समूहबाट मस्यौदा निर्माण गरि प्रमुख दलहरुवीच सहमति गरेर जारी गर्ने विधी अख्तियार गर्नुपर्ने सुझाव दिएका छन ।
शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले संविधानका विवादित विषयहरुमा सहमति गर्न दलहरुलाई समस्या भईरहेको अवस्थामा दलहरुले संविधानसभाबाटै अनुमोदन गराएर एक विज्ञसमूहलाई मस्यौदा निर्माणको जिम्मेवारी दिनु पर्ने बताए ।
ओझाले भने–‘ विज्ञसमूहले सबै दलसँग छलफल गरेर संविधानको मस्यौदा बनाउँछ । त्यसमा दलका शिर्ष नेताहरुले छलफल गरेर सहमति जुटाएपछि संविधानसभाले अनुमोदन गर्छ । यसरी सहमतिमा संविधान जारी गर्दा भविष्यमा हुने सम्भावित द्धन्द टरेर जान्छ ।’
ओझाले संविधान अनुमोदन गराउनेक्रममा संविधानसभामा ह्वीप नलगाई सभासदहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउने ब्यवस्था गर्नु पर्ने भन्दै संविधानको प्रस्तावना र अपरिवर्तनीय विषयहरुमा भने मतदानमा जानै नहुने धारणा राखे ।
उनले शासकीय स्वरुपमा ईलाका र गाँउको निर्वाचन गरेर त्यहा विजयी भएका जनप्रतिनिधिहरुले पाएको मतलाई भोट गनिने गरी राष्ट्रिय जनमञ्च (प्रतिनिधिसभा) गठन गर्नु पर्ने, माथिल्लो सभा भने वर्गीय समानुपातिक प्रतिनिधित्वको आधारमा गठन गर्नु पर्ने सुझाव प्रस्तुत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us