समाचार

मानवअधिकार उल्लङ्घनका दोषीलाई न्यायको कठघरामा उभ्याइन्छः पाण्डे

२०७१ फागुन २१ गते १३:४१

काठमाण्डु,२१ फागुन- परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मानवअधिकार उल्लङ्घनका गम्भीर घटनामा संलग्न दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को २८ औँ बैठकमा भागलिने सिलसिलामा स्विटजरल्यान्डको जेनेभामा रहेका मन्त्री पाण्डेले राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त जेइद राद अलहुसेनसँग बुधबार अबेर भएको भेटमा...

अप्रेशन गर्दा पनि नभेटिने चित्त नबोक्न ओलीको आग्रह

२०७१ फागुन २१ गते १३:२४

काठमाण्डु,२१ फागनु– केन्द्रिय कमिटीमा हालै गरिएको मनोनयन प्रति एकाध नेताले चित्त दुखाएका भन्दै एमाले नेता केपी ओलीले अप्रेशन गर्दा पनि नभेटिने चित्त बोकेर नहिड्न आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । १६ औं यदु स्मृतिको अवसरमा आयोजित कार्यक्रमलाई विहीबार सम्वोधन गर्दै ओलीले भने,‘...

४२ वर्षसम्म एमालेले किन गरेन शहिदको सम्झना ?

२०७१ फागुन २१ गते १२:५५

काठमाडौं, २१ फागुन– ४२ वर्षमा पहिलोचोटि एमालेले पार्टी केन्द्रिय कार्यलयमा बिहिवार सुखानीका शहिदहरुलाई सम्झेको छ । ०२८ सालको झापा बिद्रोहका क्रममा सुखानीमा हत्या गरिएका शहिदहरुको स्मृतिमा यसअघि घटनास्थल सुखानीमा तथा विभिन्न क्याम्पसका कोठाचोटामा पार्टीका विभिन्न संगठन तथा प्रतिष्ठानहरुले कार्यक्रम गर्ने भए पनि एमाले मुख्यालयमै...

आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले छाड्दैन्ः कार्की

२०७१ फागुन २१ गते १२:५२

झापा,२१ फागुन- नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले व्यक्तिको मानमर्दन गर्ने जनताका बीच द्वेष सृजना गर्ने तथा राष्ट्र र राष्ट्रियताका विरुद्ध भूमिका खेल्ने पत्रकार एवम् संस्था विरुद्ध प्रेस काउन्सिल कठोर हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ झापा शाखाको संयोजन र प्रेस काउन्सिल नेपालको...

अन्तर्राष्ट्रिय उडान शुक्रबार १० बजेसम्मका लागि स्थगित

२०७१ फागुन २१ गते ११:०७

काठमाण्डु,२१ फागुन- बुधबार दुर्घटनाग्रस्त भएको टर्कीस एयरलाइन्सको विमान धावनमार्गमा उतार्न समय लाग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गरेको छ । बिहिबार दिउसो भारतीय सेनाको विशेष विमानमा आइपुगेको विज्ञ टोलीले धावनमार्ग छाडेर घाँसे मैदानमा फसेको विमानलाई हटाउने काम...

बेहुली सहितको जीप पल्टिँदा ११ जना घाइते

२०७१ फागुन २१ गते १०:३८

झापा,२१ फागुन- मेची राजमार्गअन्तर्गत झापाको धाइजनमा बिहिबार जन्ती बोकेको जिप पल्टिँदा ११ जना घाइते भएका छन् । इलामको एकतप्पाबाट बेहुली लिएर मोरङको मधुमल्लातर्फ जाँदै गर्दा मे १ ज ५०० नंको जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेमध्ये...

बौद्धमा पन्ध्र सय भिक्षु भिक्षुणीले लिए अभिषेक

२०७१ फागुन २१ गते ९:४५

काठमाण्डु,२१ फागुन, बौद्धस्थित दाप्साङ गुम्बामा एक हजार ५ सय भिक्षु तथा भिक्षुणीले बिहिबार अभिषेक लिएका छन् । स्थानीय कार्गोन कल्याणकारी समितिले प्रत्येक वर्ष फागुपूर्णिमाका दिन विश्व शान्ति तथा मानव कल्याणका लागि प्राणीधान ९मोन्लाम० पूजा गरी महायान सम्प्रदायका भिक्षु तथा भिक्षुणीलाई यस किसिमको अभिषेक प्रदान...

कसरी जुर्यो नेपाल र प्रचण्डको हवाईवार्ता ?

२०७१ फागुन २१ गते ९:२१

काठमाण्डु, २१ फागुन– गत आइतवार बर्दिया पुगेर एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमले ‘शान्ति र संविधानका लागि एमाले जे पनि गर्न तयार रहेको र अहिलेको संवादहिनता अन्त्य गर्न हवाईजहाजमा बसेर वार्ता गर्न पनि तयार रहेको’ बताए । गौतमको यो कुरालाई कसैले पनि गम्भीररुपमा लिएनन्...

ओलीले भने,‘अब सबै वामपन्थी एक हुनुपर्छ’

२०७१ फागुन २१ गते ९:१३

काठमाण्डु, २१ फागुन- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा रहेका विभिन्न वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्यहरुलाई बिहिबार सपथ खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । ओलीले अहिले सहमतिमा संविधान निर्माणका लागि प्रयत्न भैरहेको...

बालिकालाई जबर्जस्ती गर्ने प्रहरी हिरासतमा

२०७१ फागुन २१ गते ८:२६

रङ्गेली,२१ फागुन- घरमा कोही नभएको मौकामा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङ दादरबैरिया– १ बस्ने २० वर्षीय जयप्रसाद सरदारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार गएराति छिमेकी नाबालिकालाई करणी गरेको भन्दै पीडितले उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीले उनलाई पक्राउ...

आइपुग्यो भारतीय सेनाको विशेष विमान

२०७१ फागुन २१ गते ७:५४

काठमाण्डु, २१ फागुन- बुधबार बिहान दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई धावनमार्गबाट उतार्नका लागि भारतीय सेनाको विशेष जहाज काठमाण्डु आइपुगेको छ । बिहिबार दिउँसो १ बजे आइपुगेको सो जहाज विशेष उपकरणसहित काठमाण्डु अवतरण गरेको हो । धावनमार्गको वायाँतर्फ घाँसे मैदानमा फसेको टर्किस एयरलाइन्सको जहाज बिहिबार...

कसरी जुर्यो नेपाल र प्रचण्डको हवाईवार्ता ?

२०७१ फागुन २१ गते ७:४९

बामदेवको हावा कुरा, यसरी भयो पुरा काठमाण्डु, २१ फागुन– गत आइतवार बर्दिया पुगेर एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमले ‘शान्ति र संविधानका लागि एमाले जे पनि गर्न तयार रहेको र अहिलेको संवादहिनता अन्त्य गर्न हवाईजहाजमा बसेर वार्ता गर्न पनि तयार रहेको’ बताए । गौतमको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us