काठमाण्डु,२१ फागुन- आउँदो फागुन २५ गतेदेखि गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा मेची महाकाली निशुल्क स्वास्थ्य शिविर महाअभियान शुरु हुनुभएको छ । बिपी चिन्तन प्रतिष्ठानले बिपी मेमोरियल हेल्थ फाउन्डेसन,प्रजातान्त्रिक चिकित्सक सङ्घ,नेपाल स्वास्थ्यकर्मी सङ्घ तथा ग्लोबल मेडिकल फाउन्डेसनको आर्थिक एवम् प्राविधिक सहयोगमा सो महाअभियान’ सञ्चालन हुने भएको...
रुकुम,२१ फागुन- मुसिकोट नगरपालिका–१ खलङ्गामा बिहिबार बिहान ८ बजे ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । दाङबाट सामान लिएर रुकुम आउँदै गरेको लु१ज ५३२२ नम्बरको ट्रकले खलङ्गा नजिकै त्रिवेणी चोकमा होली खेल्दै गरेका रुँघा–७ का १३ वर्षीय बालक नवराज घर्तीलाई किचेको हो ।...
मुस्ताङ,२१ फागुन-तीन दिनदेखिको बाक्लो हिमपातका कारण सदरमुकाम र उपल्लो क्षेत्रबीच सम्बन्ध विच्छेद भएको छ । सदरमुकाम जोमसोमदेखि माथि यातायात,सञ्चार र विद्युत् सेवा सञ्चालन हुन नसक्दा त्यहाँका सर्वसाधारण समस्यामा परेका छन् । कागबेनी, मुक्तिनाथ, झोङ, सुर्खाङ, चराङ, लोमान्थाङलगायतका क्षेत्रमा यी सेवा सञ्चालन हुन नसकेको मुस्ताङका...
काठमाण्डु,२१ फागुन- पञ्चायती शासनविरुद्ध सङ्घर्षका क्रममा नेपाली काँग्रेसले २०३० सालमा अपहरण गरेको जहाज सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा राखिने भएको छ । नेपाली राजनीतिक क्रान्तिका अग्रणी व्यक्ति जननायक बिपी कोइरालासहितका नेताहरुले लामो समय जेल जीवन बिताएको उक्त सङ्ग्रहालयमा निरङ्कुशताविरुद्ध काँग्रेसले गरेका महत्वपूर्ण घटनाको युगौयुगसम्म स्मरण गराउने...
काठमाण्डु, २१ फागुन– संविधान निर्माणमा बहुमतीय प्रक्रिया प्रारम्भ गरिएपछि आन्दोलनमा गएको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुअघि सत्ता पक्षसँग एकपटक औपचारिक वार्ता गर्ने निर्णय गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहीबार बिहान बसेको ३० दलीय गठबन्धनको बैठकले प्रधानमन्त्री सुशील...
काठमाण्डु, २१ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अवरुद्ध भएका कारण बिहीबार पनि सबै अन्तर्राष्ट्रिय उडान ठप्प रहेका छन् । टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको...
चितवन, २१ फागुन–एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादीसहित ३० दलीय मोर्चाका कारण राजतन्त्र सल्बलाउन थालेको बताएका छन् । संविधान निर्माणलाई थाँती राख्दै आन्दोलनमा उत्रिएको मोर्चाको कमजोरीको कारण राजतन्त्रले सल्बलाउने ठाउँ पाएको उनको भनाइ थियो । नेता नेपालले भने, ‘‘‘पछिल्लो समय राजतन्त्रवादीले उठाउँदै...
इलाम, २१ फागुन– यो वर्ष इलामका ३ सय ७ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका, राजस्व नतिर्ने ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका हुन् । शिक्षा कार्यालयका अनुसार अभिभावक र स्वयम् विद्यार्थीको लापर्बाहीका कारण उनीहरु...
उदयपुर, २१ फागुन– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ८ बगाहामा गएराति एक मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु हुनेमा त्रियुगा नगरपालिका– ३ डिएमगेटस्थित गाईघाट बस्ने वर्ष १६ का कुन्दन साह, वर्ष...
सिन्धुपाल्चोक, २१ फागुन– सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका–४ सिन्धुकोटस्थित दियाले गाउँबाट बाल विवाह गरेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय मेलम्चीले बेहुला र बेहुलीसहित ७० जनालाई विवाहमण्डपबाटै प्रक्राउ गरेको छ । उमेर नपुगेको १४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाई त्यस्तो विवाह रोक्न प्रहरी र स्थानीय...
काठमाण्डु, २१ फागुन–प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्माका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा बिहीबार पहाडी र तराइ भेगमा भव्यताका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाइन्छ । संस्कृतिविद्...
विराटनगर, २१ फागुन– स्वाइन फ्लुको प्रकोपबाट सुरक्षित हुन विराटनगरमा नाकमुख छोप्ने ‘मास्क’ को बिक्री ह्वात्तै बढेको छ । श्वासप्रश्वासको माध्यमबाट यस रोगको भाइरसको सङ्क्रमण हुने गरेकाले अधिकांश मानिसले मास्कको प्रयोग गर्न थालेपछि यसको बिक्री बढेको हो । मास्क बिक्री गर्ने पसलमा उपभोक्ताको घुइँचो लाग्न...